२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारी र निजी सम्पत्तिमा आगजनी र तोडफोडमा संलग्नलाई कारवाही गर्न ७ दिने अल्टिमेटम

अ+ अ-

काठमाडौँ । जेन जेड आन्दोलनको मौका छोपेर पश्चिम नवलपरासीका सरकारी कार्यालय र निजी सम्पत्ति तोडफोडमा संलग्नलाई कारवाही गर्न नवलपरासीका नेता तथा जनप्रतिनिधिहरूले ७ दिने अल्टिमेटम दिएका छन्।

पूर्वमन्त्री हृदयेश त्रिपाठी, लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरण कलवार र प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले संयुक्त पत्रकार सम्मेलनमार्फत प्रमुख जिल्ला अधिकारीलाई उजुरी दिँदै घटनामा संलग्नलाई तत्काल कारवाही गर्न माग गरेका हुन्।

मन्त्री कलवारले आफ्नो घरभित्र पसेर लुटपाट गरी त्यसपछि आगजनी गरिएको भन्दै बर्दघाटबाट सुरु भएको घटनामा अपराधिक समूह सक्रिय रहेको दाबी गरे। उनले प्रशासनले कारबाही नगरे जनप्रतिनिधिहरूकै पहलमा कदम चालिने चेतावनी दिए।

पूर्वमन्त्री त्रिपाठीले यो घटना राजनीतिक आन्दोलन नभई शुद्ध अपराधीक गतिविधि भएको भन्दै तत्काल दोषीलाई पक्राउ गरी कारबाही गर्नुपर्नेमा जोड दिए।

प्रतापपुर गाउँपालिकाका अध्यक्ष यादवले घटनामा तस्करी र आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरू संलग्न रहेको आरोप लगाउँदै प्रशासनले कानुनी कारबाही नगरे आफूहरू बाध्य हुने चेतावनी दिए।

जनप्रतिनिधिहरूले आन्दोलनमा ज्यान गुमाएका युवाप्रति दुःख प्रकट गर्दै आगामी दिनमा यस्ता अपराधिक समूहलाई संरक्षण नगर्न सबैलाई आह्वान गरेका छन्।