काठमाडौँ । श्रीलंकामा जारी साफ यु-१७ च्याम्पियनसिपमा आज अन्तिम खेलमा नेपालले बंगलादेशसँग खेल्दै छ ।
खेल कोलो्मबोस्थित कोलोम्बो हर्सकोर्समा नेपाली समय अनुसार बेलुका सवा ७ बजे समूह ए मा आफ्नो अन्तिम खेलमा नेपालले बंगलादेशसँग खेल्न लागेको हो ।
तीन टोली मात्र सम्मिलित यस समूहमा नेपाल आफ्नो दोस्रो तथा अन्तिम खेल खेल्दै छ भने बंगलादेशको पहिलो खेल हुनेछ ।यसअघि पहिलो खेलमा नेपालले घरेलु टोली श्रीलंकालाई २-० ले पराजित गरिसकेको छ ।
आजको खेलमा नेपालले बराबरीको नतिजा निकाले पनि सेमिफाइनलमा स्थान पक्का गर्नेछ भने बंगलादेशलाई पराजित गर्न सके समूह विजेता नै बन्नेछ । यदि नेपाल पराजित भएमा भने सेमिफाइनल पुग्न बंगलादेश र श्रीलंकाबीच हुने अन्तिम खेलको नतिजा कुर्नुपर्नेछ ।







