काठमाडौँ । बदलिएको राजनीतिक परिस्थितिमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभाका समिति सभापति र सचिवहरूसँग छलफल गरेका छन् ।
सिंहदरवारस्थित कार्यकक्षमा सभाका चार विषयगत समितिका सभापति र सचिवसँग छलफल गरी समितिका बैठक तथा कामकारबाही नियमित गर्न निर्देशन दिए ।
छलफलमा राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरे, समिति सभापति मायाप्रसाद शर्मा, तुलसाकुमारी दाहाल, कमलादेवी पन्त र सोनाम ग्याल्जेन शेर्पा, राष्ट्रिय सभा सचिव डा.सुरेन्द्र अर्याल र समिति सचिवहरू सहभागी थिए ।







