काठमाडौँ। नेपाल क्रिकेट संघ (क्यान)ले जेन जेड आन्दोलनमा ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै दीप प्रज्वलन गरेको छ ।
बिहीबार कीर्तिपुर रंगशालामा क्यानले आयोजना गरेको श्रद्धाञ्जली सभामा क्रिकेट खेलाडीहरूले श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।
भदौ २३ र २४ गते भएको जेन जेड आन्दोलनका क्रममा बाँकेका क्रिकेट खेलाडी सुलभ राज श्रेष्ठको पनि निधन भएको थियो।
सभामा राखेपमा सदस्यसचिव, क्यानका सचिव, नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेललगायतका क्रिकेट खेलाडीहरूले पालैपालो मैनबत्ती बालेर श्रद्धाञ्जली व्यक्त गरेका थिए।







