२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘शोकलाई शक्तिमा बदल्दै संविधानको संरक्षण गर्दै अगाडि बढ्नुपर्छ’ : अष्टलक्ष्मी शाक्य

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले संविधान दिवसको अवसरमा वर्तमान परिस्थितिलाई आत्मसात् गर्दै संविधानको रक्षा र कार्यान्वयनमार्फत मुलुकलाई अघि बढाउनुपर्ने धारणा राखेकी छन् ।

शुक्रबार च्यासलस्थित पार्टी कार्यालयमा आयोजित संविधान दिवसको कार्यक्रममा बोल्दै उपाध्यक्ष शाक्यले मुलुक अहिले शोकको घडीमा रहेपनि एकताबद्ध भएर अघि बढे शोकलाई शक्तिमा बदल्न सकिने बताइन् ।

‘यतिबेला हामी शोकको घडीमा छौँ,’ उनले भनिन्, ‘तर हामी एकताबद्ध भएर अझै दरो एकताका साथ अगाडि बढ्ने हो भने शोकलाई शक्तिमा बदल्न सक्छौँ ।’ शाक्यले अहिलेको संविधान संघीय लोकतान्त्रिक गणतन्त्रको आधार भएको उल्लेख गर्दै त्यसको संरक्षण र कार्यान्वयनमै देशको भविष्य रहेको बताइन् ।

‘हामी अत्तालिन जरुरी छैन, निराश हुन पनि जरुरी छैन,’ उनले भनिन्, ‘संविधान छ, संघीय लोकतान्त्रिक गणतन्त्र छ, समाजवादको लक्ष्य बोकेको संविधान छ ।’ उनले वर्तमान राजनीतिक संरचनामध्ये राष्ट्रपति, उपराष्ट्रपति, प्रदेशसभा र स्थानीय सरकार कायम रहेको स्मरण गराउँदै प्रतिनिधिसभा विघटन नभएको भए अझ राम्रो हुने धारणा पनि राखिन् ।

शाक्यले संविधानलाई समयानुकूल परिमार्जन गर्न सकिने सम्भावनाको संकेत पनि दिँदै भनिन्, ‘संविधानलाई आत्मसाथ गरेर नयाँ नेपालको लागि अगाडि बढ्न जरुरी छ । संविधान परिस्थिति अनुकूल परिमार्जन गरेर पनि सबैको सरसल्लाहमा अघि बढ्न सकिन्छ ।’