काठमाडौँ । जेन जेड आन्दोलनका क्रममा मेयरको कुर्सीमा बसेको आरोपमा एक युवक पक्राउ परेका छन्।
बर्दियाको गुलरिया नगरपालिकाको कार्यालयमा प्रवेश गरी नगरप्रमुखको कुर्सीमा बसेर ‘म अबदेखि नगरप्रमुख हुँ’ भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेका गुलरिया नगरपालिका–६ का २६ वर्षीय इरफान मनिहारलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
गत भदौ २४ गतेको आन्दोलनका क्रममा पालिकामा आगजनी, तोडफोड र लुटपाट भइरहेको बेला उनले नगरप्रमुखको कुर्सीमा बसेर सामाजिक सञ्जालमा उक्त पोस्ट गरेका थिए।
हाल उनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।







