काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) डा. मनोज केसीलाई पठाइने भएको छ।
गृह मन्त्रालयले हाल प्रदेश समन्वय विभागमा कार्यरत केसीलाई रिक्त सिआइबीमा पठाउने प्रस्ताव मन्त्रिपरिषदमा पेस गरेको हो। सम्भवतः अहिले बसिरहेको मन्त्रिपरिषदबाट केहीबेरमै निर्णय सार्वजनिक हुने प्रशासन सिंहदरवार विशेष ब्युरो स्रोतले जनाएको छ।
भुटानी शरणार्थी प्रकरणलगायतका अनुसन्धानमा संगठन र जनस्तरमा चर्चा कमाएका केसी अब्बल र प्रोफेसनल प्रहरी अधिकारीका रूपमा चिनिन्छन्।







