२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गण्डकी प्रदेश सभाको काम कारवाही अनिश्चित

अ+ अ-

काठमाडौँ । ‘जेन जेड’ प्रदर्शनका क्रममा गण्डकी प्रदेश सभा भवन जलाइएपछि प्रदेश सभा बैठकलगायत प्रदेश सभाको कामकारवाही अनिश्चित बनेको छ । 

गत भदौ २५ गतेलाई प्रदेश सभा बैठक डाँकिएकामा त्यसको अघिल्लो दिन भदौ २४ मा प्रदर्शनकारीले प्रदेश सभा भवनमा तोडफोड र आगजनी गरेका थिए । 

सभामुख कृष्णप्रसाद धितालले पुन:प्रयोगमा ल्याउन नमिल्ने गरी प्रदेश सभा भवनलगायतका संरचना पूर्ण रूपमा क्षतिग्रस्त भएकाले प्रदेशसभा सचिवालयको कार्यालय सञ्चालनमा ल्याउन नसकिएको बताए । तोडफोड र आगजनी गरिएका ठाउँमा सरसफाइको काम भइरहेको उनको भनाइ छ । 

“सभामुख, उपसभामुखको आवाससम्म मर्मतसम्भार गरेर जेनतेन बस्ने व्यवस्था मिलाएका छौँ”, उनले भने, “प्रदेशसभाका लागि उपयुक्त भवनको खोजी गरिरहेका छौँ, जिल्ला समन्वय समिति र कृषि मन्त्रालयको हललाई विकल्पका रूपमा प्रयोग गर्न सकिन्छ कि भनेर छलफल भइरहेको छ, टुंगीसकेको छैन ।” 

सभामुख धितालले प्रदेशसभाको नयाँ भवन हालै शिलान्यास गरी निर्माण सुरु गरिएकाले त्यो भवन नबनेसम्म वैकल्पिक व्यवस्था गर्न लागिएको बताए । भवनको व्यवस्था भएपछि मात्र प्रदेशसभा बैठकसहित प्रदेशसभा सचिवालयका नियमित कामकारबाही सुरु हुने उनको भनाइ छ । ‘जेनजी’ प्रदर्शनपछि उत्पन्न विषम परिस्थितिका कारण प्रदेशसभा बैठक अनिश्चितकालसम्मका लागि स्थगित रहेको सभामुख धितालले बताए । 

प्रदर्शनकारीले प्रदेशसभा भवनसहित मातहतका भवन, सवारीसाधनलगायतमा तोडफोड र आगजनी गरेका थिए । प्रदेशसभा भवन काठ र ढुंगाबाट बनेको पुरानो शैलीको भवन भएकाले आगलागीले पूर्ण रूपमा क्षति पुर्‍याएको सभामुख धितालले बताए । प्रदेशसभा सचिवालय रहेको भवन, विषयगत समिति, संसदीय दलका कार्यालय आदिमा पनि आगजनी गरिएको थियो । 

‘जेनजी’ प्रदर्शनका क्रममा प्रदेशसभा भवनलगायत भौतिक संरचनामा पुगेको क्षतिको मुल्यांकन गर्ने काम भइरहेको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभासहित प्रदेश सरकार मातहतका मन्त्रालय, आयोग, निकाय, कार्यालय र आवसमा भएको क्षतिको यथार्थ विवरण संकलन गर्ने कार्य भइरहेको सरकारका प्रवक्ता एवं आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले बताए । 

उनका अनुसार भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, स्वास्थ्य मन्त्रालय र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयबाहेकका सबै मन्त्रालयका भवन तोडफोड र आगजनीमा परी क्षतिग्रस्त बनेका छन् । कार्यालय भवनहरूको सरसफाइ, रंगरोगन र मर्मतसम्भारको काम भइरहेको प्रवक्ता डा. गुरुङले बताए।