२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेतृत्वविरुद्ध सामाजिक सञ्जालमा लेखे कारवाही गर्ने नेता कार्यकर्तालाई जसपाको चेतावनी

अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले पार्टी अध्यक्ष उपेन्द्र यादवविरुद्ध सामाजिक सञ्जालमा नलेख्न पार्टीपंक्तिलाई चेतावनी दिएको छ।

केन्द्रीय कार्यकारिणी समिति बैठकको निर्णय सार्वजनिक गर्दै महासचिव लालबाबु राउतले पार्टी शुद्धीकरण, सुदृढीकरण र अनुशासन सम्बन्ध धारणा सार्वजनिक गरेका हुन्।

महासचिव राउतले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विगतमा हाम्रो पार्टीविरुद्ध आन्तरिक र बाह्य दुवै तर्फबाट व्यापक षड्यन्त्र, चलखेल, आक्रमण र विखण्डन गराएका छन्, भएका छन् । यसको पनि अध्ययन, अनुसन्धान र विश्लेषण गरिनु पर्ने नै छ । विगतको घटनाक्रमलाई मुल्यांकन गरी भविष्यमा हुन सक्ने यस्ता षड्यन्त्र, चलखेल र दुर्घटनाबाट पार्टीलाई जोगाउन पार्टीका सम्पूर्ण सदस्यहरू यस्ता क्रियाकलापहरू प्रति सचेत र चनाखो रहनुपर्दछ । रोगको निदान समय मै गर्नुपर्दछ ।’

पार्टीको नीति, सिद्धान्त, निर्णय र विधान तथा कार्य पद्धति विपरीत कार्य गर्ने, पार्टी एकतालाई कमजोर पार्ने र पार्टी भित्र गुटबन्दी गर्ने, पार्टी र पार्टी नेतृत्व विरुद्ध भ्रम सिर्जना गर्ने, सामाजिक सञ्जालहरू फेसबुक, ट्विटर, इन्ष्टाग्राम आदीलाई प्रयोग गरी पार्टी र पार्टीका नेताहरू विरुद्ध नकारात्मक प्रचार गर्ने, पार्टी अनुशासन उल्लंघन गरी हिँड्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ।

पार्टीविरुद्ध रहेका व्यक्ति वा शक्तिसँग साँठगाँठ गरी पार्टीलाई कमजोर पार्ने, पार्टीविरुद्ध षड्यन्त्र गर्ने, व्यक्तिगत स्वार्थ परिपूर्तिका लागि मात्र कार्य गर्ने, पार्टीभित्र अनावश्यक द्वन्द्व सिर्जना गर्ने जस्ता गैर-राजनीतिक चरित्र र प्रवृत्तिबाट पार्टीलाई जोगाउँदै पार्टीको क्रान्तिकारी सिद्धान्त एवं कार्य पद्धति र संगठनात्मक शक्तिलाई रक्षा गर्ने र असामाजिक प्रवृत्ति, चरित्र र क्रियाकलाप तथा पार्टीलाई कुनै प्रकारले हानी नोक्सान पुर्‍याउने खालका पार्टी भित्र वा बाहिरका प्रवृत्ति विरुद्ध सदैव चनाखो हुनुपर्ने उल्लेख छ।

पार्टीको विधान विपरीत क्रियाकलाप गर्ने र पार्टी आचार संहिता उल्लंघन गर्ने जोसुकैलाई पनि पार्टीले कारबाही गर्ने उल्लेख छ।

बैठकले समान विचार, सिद्धान्त र मुद्दा मिल्ने राजनीतिक दलहरूसँग पार्टी एकता गर्न प्रयास गर्ने, विचार, सिद्धान्त न मिल्ने तर राजनीतिक मुद्दाहरू मिल्ने राजनीतिक दलहरूसँग संयुक्त मोर्चाको रूपमा सहकार्य गर्ने निर्णय गरेको छ।