२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘देउवाको निवासमा भेटिएको भनिएको नोटका विषयमा छानबिन हुनुपर्छ’ : विश्वप्रकाश शर्मा

अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवाको निवासमा भेटिएको भनिएको नोटका विषयमा छानबिन हुनुपर्ने बताएका छन् ।

अनुमानका भरमा चर्चा–परिचर्चा गर्नुभन्दा पनि अनुसन्धानको नतिजालाई स्वीकार गर्नुपर्ने उनले बताए ।

जेन जेड आन्दोलनका क्रममा अराजक समूहले आगजनी गरेको कोइराला निवासमा सोमबार आइपुगेका शर्माले पत्रकारहरूसँगको कुराकानीमा देउवा निवासका विषयमा देखिएको विषयमा राज्यका निकायले छानबिन पनि गरिरहेको बताए ।

जेन जेड आन्दोलनका क्रममा अराजक समूहले आगजनी गरेको सभापति शेरबहादुर देउवा निवासमा डढेका नोटहरू फेला परेका भिडियोहरू सार्वजनिक भएका थिए ।

महामन्त्री शर्माका अनुसार, यो विषय काँग्रेसका जिल्ला सभापतिहरूको बैठकमा पाल्पाका सभापति हिमाल श्रेष्ठ र इलामका सभापति डम्बर खड्काले सभापति निवासमा भेटिएको नोटका विषयमा प्रश्न उठाएका थिए ।

त्यसबेला पनि आफूले यसलाई (नोटका विषयमा) स्पष्ट पार्ने दायित्व सम्बन्धित (घरवाला) को भएको बताएको उनले दाबी गरे ।

उनले यो विषय वस्तुगत अनुसन्धान राज्यले नै गर्नुपर्ने बताए । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग लगायतका राज्यका निकायहरूले यस विषयमा अनुसन्धान गरिरहेको पनि उल्लेख गरे ।

‘निष्पक्ष रूपमा भएको अनुसन्धानको तहतबाट आएको जे विषय हुन्छ, त्यो विषयलाई हामी सबैले मानेर जानुपर्छ, महामन्त्री शर्माले भने ।

आफूले टेलिफोन सम्पर्क गरेर सभापतिलाई यो विषयमा ध्यानाकर्षण पनि गराएको उनले बताए ।

‘यसलाई स्पष्ट गर्ने दायित्व घरवालाकै हो, स्पष्ट गर्ने कुरा उहाँहरूले गर्नुपर्छ । मैले ध्यानाकर्षण पनि गराइसकेको छु,’ उनले भने,‘ यसलाई राज्यले अनुसन्धान गरेर हेर्ने हो, आशंका मात्रै हुन सक्छ । सत्य हुन सक्छ भन्ने कुरा त हामीले अनुमानका भरमा भन्ने कुरो भएन । यसलाई बस्तुगत हेर्ने दायित्व राज्यको हो,’ उनले भने ।

‘यसलाई धेरै चर्चा–परिचर्चामा जानुभन्दा नै समग्र देशमा जे जति प्रकारका क्षति अथवा जे जति प्रकारका प्रश्न उठ्दै गरेका, भएका, ध्वस्त भएका चीजहरू हुन्, यी सबै कुरा एउटा अनुसन्धानको तहतबाट आउँछ,’ उनले भने ।

जलेका नोट भेटिएको विषयमा सम्पत्ति सुद्धिकरण विभागले अनुसन्धान गरिरहेको छ । सभापति शेरबहादुर देउवाको सचिवालयले भने भेटिएको भनिएको तस्बिर र भिडियो वास्तविक नभएको बताएको छ ।