२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुनिल शर्माले भने-‘जेन जेड आन्दोलनको उपलब्धिलाई शून्य बनाउन षडयन्त्र भए योभन्दा ठूलो विद्रोह निश्चित छ’

अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसका नेता सुनिल शर्माले जेन जेड आन्दोलनको उपलब्धिलाई शून्य बनाउन षडयन्त्र भए भविष्यमा यो भन्दा ठूलो विद्रोह हुने बताएका छन् । 

उनले समयमा नै राजनीतिक दल र नेताहरूले सुझबुझ सहित आफूले गरेका गल्ती र राजनीतिक अपराधिकरणलाई आत्मसमीक्षा गरेर सच्याउन आवश्यक रहेको उनको भनाइ छ ।

उनले भनेका छन्, ‘गल्ती सच्याउन तयार नहुने हो भने र जेन जेड आन्दोलनको उपलब्धिलाई शून्य बनाउन षडयन्त्रका तानाबुना बुनिरहने हो भने भविष्यमा यो भन्दा ठुलो विद्रोह हुने निश्चित छ ।’

जेन जेड युवाहरूको आन्दोलनलाई आम जनताको आन्दोलन मानेर प्रत्यक्ष कार्यकारीको निर्वाचन, एक व्यक्ति दुई कार्यकाल भन्दा बढी कार्यकारी पदमा हुन नपाउने, एउटै निर्वाचन क्षेत्रबाट कुनै पनि व्यक्ति दुई कार्यकाल भन्दा बढी सांसद हुन नपाउने, दुई कार्यकाल बीचमा अनिवार्य अन्तराल हुनु पर्ने उनको भनाइ छ ।

दुई कार्यकाल भन्दा बढी कोही पनि व्यक्ति पार्टी सभापति/अध्यक्ष बन्न नपाउने, ४ वर्षमा दलहरूको अनिवार्य महाधिवेशन हुनु पर्ने, स्वतन्त्र न्यायपालिका निर्माण गर्न न्यायाधीशहरूको राजनैतिक नियुक्तिको परिपाटी हटाई लोकसेवा आयोग जस्ता निष्पक्ष निकायबाट योग्य व्यक्तिहरूलाई न्यायाधीश नियुक्त गरिनु पर्ने उनको भनाइ छ ।

जीविकोपार्जनको सिलसिलामा विदेशमा रहेका नेपालीहरूलाई (एनआरएन) राजनैतिक अधिकार बाहेक अन्य अधिकारहरू सुनिश्चित गर्ने साथै आर्थिक रूपमा विपन्न आमाबुबाहरूलाई आफ्ना छोराछोरीलाई उच्च शिक्षामा अध्ययन अध्यापन गराउन सहजपुरमा १ प्रतिशत ब्याजदरमा सफ्ट लोन लिन पाउने व्यवस्था गर्ने र १० लाख सम्मको नि:शुल्क स्वास्थ्य बिमा हुनु पर्ने जस्ता आम जनताका आधारभूत आवश्यकताहरूलाई सम्बोधन गर्ने कार्य संविधानबाटै गरिएन भने आजको १०र१५ वर्ष भित्रमा फेरि यो भन्दा ठुलो आन्दोलन हुने उनको बुझाइ छ।

उनले भनेका छन्, ‘यस पटक जेन जेड आन्दोलनमा नेताहरू कुटिए मात्र, तर भविष्यको त्यो अवस्थामा नेताहरू खोजी खोजी पाशविक रूपमा मारिने छन् । आफ्नै घरमा पनि मानिसहरू सुरक्षित नहुने र हामीले कल्पना गरे भन्दा पनि बढी मानिसहरूले ज्यान गुमाउने परिस्थिति आउन सक्छ ।’