२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जेन जेड प्रदर्शनमा भएको तोडफोड र आगजनीको निष्पक्ष छानबिन गर्न माग

अ+ अ-

काठमाडौँ । राष्ट्रिय जनमोर्चा पार्टीले जेन जेड प्रदर्शनका क्रममा भएको तोडफोड र आगजनीको निष्पक्ष छानबिन गर्न माग गरेको छ ।

जनमोर्चा केन्द्रीय कार्यालयको बुटवलमा सम्पन्न बैठकले जेन जेड प्रदर्शनमा भएको तोडफोड र आगजनीको विस्तृत रूपमा निष्पक्ष छानबिन गरी दोषीमाथि कारवाही गर्न माग गरेको हो ।

पार्टी अध्यक्ष चित्रबहादुर केसीले मंगलबार एक विज्ञप्ति जारी गर्दै निर्वाचनबारे आगामी केन्द्रीय कमिटीको बैठकले निर्णय गर्ने बताएका छन् ।

राष्ट्रपतिले अन्तरिम सरकारलाई ६ महिनाभित्र निर्वाचन गराउने कार्यादेश दिएकोमा सरकारले अझै कुनै निर्णय नगरेको उल्लेख गरेका छन् ।

‘निर्वाचनबारे सरकारले निर्णय गरेपछि कुन रूपमा स्थितिको विकास हुन्छ ? त्यसको आधारमा आगामी केन्द्रीय कमिटीको बैठकले निर्वाचनबारे ठोस निर्णय लिने छ,’अध्यक्ष केसीद्वारा जारी विज्ञप्तिमा छ ।

यस्तै आगामी दिनमा प्रतिगमनविरुद्ध समान समझदारी कायम हुने राजनीतिक शक्तिहरूसँग कार्यगत एकता वा तालमेल गर्ने अध्यक्ष केसीले बताएका छन् ।

केन्द्रीय स्तरमा समझदारी भएपछि मात्र जिल्ला तहका कमिटीले तालमेल वा एकता गर्न सक्ने केन्द्रीय कार्यालयको निर्णय छ ।

तर, असंवैधानिक तरिकाले मन्त्रिपरिषद् गठन गरेको, संसद विघटन गरिएको जस्ता विषयमा भने जिल्ला र जनवर्गीय मोर्चाहरूले वक्तव्य दिन सक्ने अध्यक्ष केसीले उल्लेख गरेका छन् । राजावादी र स्वतन्त्रसँग भने कुनै पनि तालमेल तथा सहकार्य नहुने उनले बताएका छन् ।