२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

६ घण्टामै १६६ इमेल ! मन्त्री खनालद्वारा सिंहदरवार धाउनुपर्ने आवश्यकता हटाउने पहल

अ+ अ-

काठमाडौँ । अर्थ तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रामेश्वर खनालले मन्त्रालयमा सुरु गरिएको नयाँ गुनासो इमेल प्रणाली प्रभावकारी बन्दै गएको बताएका छन्। 

सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उनले यो प्रणाली लागू भएको पहिलो करिब छ घण्टामै मन्त्रालयको गुनासो मेल बक्स र आफ्नै आधिकारिक इमेलमार्फत १६६ वटा इमेल प्राप्त भएको उल्लेख गरेका छन्।

मन्त्री खनालका अनुसार उनले तीमध्ये करिब दुई दर्जन इमेलमा प्रत्यक्ष प्रतिक्रिया दिइसकेका छन् भने धेरैजसोमा तत्कालीन रूपमा आवश्यक कदम चालेको जानकारी दिएका छन्। बाँकी इमेलहरूमा पनि चाँडै जवाफ दिने प्रतिबद्धता उनले सार्वजनिक गरेका छन्।

उनले भनेका छन्, “यसले अब समस्याको समाधान खोज्नका लागि व्यक्तिगत रूपमा सिंहदरवार धाउनुपर्ने आवश्यकतालाई अन्त्य गर्नेछ।” उनका अनुसार नागरिक र संस्थाहरूले उठाएका गुनासा, समस्या र सुझाव अब प्रत्यक्ष इमेलमार्फत दर्ता हुने भएकाले छिटो निर्णय र कारबाही गर्ने वातावरण बनेको छ।

मन्त्रालयमा सुरु गरिएको यो प्रणालीले सेवा प्रवाहलाई सरल, पारदर्शी र समयमै कार्यान्वयन हुने अपेक्षा गरिएको छ। अर्थमन्त्रीमा नियुक्त भएका खनालले अतिरिक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको नेतृत्वसमेत सम्हालेका छन् । आज मात्रै उनले मन्त्रालयमा पदस्थापन गरेका थिए ।