काठमाडौँ । प्रहरीले मेडिकल पसलको आडमा लागुऔषधको कारोबार गर्ने एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहटको चन्द्रपुर नगरपालिका-७ नयाँ बस्तीका लालबाबू साह सञ्चालक रहेका छन् । उनलाई लागुऔषध नियन्त्रण ब्युरोका प्रहरी (सई) तुल प्रसाद पिडासैनीको टोलीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनले मेडिकलको नाममा ड्रग्स बेच्ने गरेको सूचना पाएपछि लागुऔषध नियन्त्रणको टोलीले साहको पसल र घरमा छापा मारेको हो । हाल उनलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







