काठमाडौँ । सरकारले दुई सहसचिवको राजीनामा स्वीकृत गरेको छ ।
हिजो बसेको मन्त्रिपरिषद् बैठकले नेपाल विविध सेवा, राजपत्राङ्कित प्रथम श्रेणी (सूचना प्रविधि) का सहसचिव डा. रामगोविन्द अर्याल र रमेश शर्मा पौड्यालको राजीनामा स्वीकृत गरेको हो ।
शुक्रबार सञ्चार मन्त्रालयमा आयोजित नियमित पत्रकार भेटघाट कार्यक्रममा नेपाल सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बैठकले उक्त निर्णय गरेको जानकारी दिए ।







