२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कारागारबाट भागेका कैदी बन्दी खोज्न कार्यदल गठन

अ+ अ-

काठमाडौँ । सरकारले जेन जेड आन्दोलनका क्रममा कारागारबाट फरार कैदी बन्दी खोजीका लागि कार्यदल गठन गरेको छ ।

१० असोजको मन्त्री स्तरीय निर्णयले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजक रहने गरी ‘फरार बन्दी खोजी तथा पक्राउ कार्यदल’ गठन गरेको हो ।

कार्यदलमा सम्बन्धित जिल्लाका प्रजिअ संयोजक रहने र अन्य निकायका प्रतिनिधिहरू सदस्य रहने छन् । कार्यदलले फरार कैदी बन्दीको खोजी, नियन्त्रण तथा पक्राउ अभियान सञ्चालन गर्नेछ ।

सरकारले कारागारबाट फरार कैदी बन्दीहरूलाई अविलम्ब कारागारमा फिर्ता हुन आग्रह समेत गरेको छ ।

कार्यदललाई २३ र २४ भदौ अगाडिको कारागारको अवस्था अनुसार कायम रहेको अभिलेख अनुसार हाल फर्की आएका र आउने कैदी बन्दीहरूको ब्यहोरा रुजु गरी फर्किन बाँकी रहेका कैदीहरूको दैनिक अभिलेख व्यवस्थित रूपमा तयार गर्नुपर्ने कार्यादेश रहेको छ ।

यसैगरी फर्किन बाँकी कैदी बन्दीहरूको सम्बन्धमा २० असोजभित्र कारागार फर्की आउन र सो समयभित्र फर्की नआए कारागार ऐन, २०७९ र अन्य प्रचलित कानुनबमोजिमको कारबाही हुने कार्यादेशमा उल्लेख छ ।