काठमाडौँ । सप्तरीमा डुबेर एक बालकको मृत्यु भएको छ। नगरपालिकाको-१० गंगाजलस्थित चन्द्रनहरमा नुहाउने क्रममा १२ वर्षीय विशाल सदाको फत्तेपुरमा शनिबार दिउँसो नहरमा डुबेर मृत्यु भएको हो ।
साथीसँग नुहाउन गएको र सोही क्रममा पानीमा डुबेर बेपत्ता भएका थिए । घटनाबारे प्रहरी चौकी फत्तेपुरमा जानकारी प्राप्त भएपछि खोजतलास गर्ने क्रममा घटनास्थलभन्दा पाँच सय मिटर दक्षिण भगिनीमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
हाल शव पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज पठाउने तयारी भइरहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ ।







