२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गृह मन्त्रालयको विज्ञप्तिमा बारको आपत्ति, भन्यो त्रुटिपूर्ण छ, तत्काल सच्याऊ

अ+ अ-

काठमाडौँ । कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एसोसिएसनले गृह मन्त्रालयको हालैको विज्ञप्तिप्रति गम्भीर आपत्ति जनाएको छ।

बारका महासचिव केदार प्रसाद कोइरालाले जारी गरेको विज्ञप्तिमा २३ र २४ भदौमा जेन–जी पुस्ताद्वारा भएको आन्दोलनका क्रममा भएका भौतिक तथा मानवीय क्षतिको छानबिनका लागि जाँचबुझ आयोग गठन भइसकेको र आयोगको प्रतिवेदन नआएसम्म नियमित कानुनी कारबाही अघि नबढाइने उल्लेख गरिएको मन्त्रालयको विज्ञप्तिले दण्डहीनतालाई प्रोत्साहन दिने खतरा देखिएको उल्लेख छ।

‘गृह मन्त्रालयद्वारा असोज ९ मा जारी गरिएको विज्ञप्तिप्रति बारको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘मन्त्रालयको उक्त विज्ञप्तिले फौजदारी न्याय प्रणालीलाई कमजोर पार्ने, दण्डहीनतालाई प्रश्रय दिने र यसबाट हिंसालाई अझ बढावा दिने संकेत देखिएको छ।’

बारले जेनजी आन्दोलनका क्रममा स्वार्थ समूहको नियोजित गतिविधिबारे आवश्यक अनुसन्धान रोकिने गरी गृह प्रशासनबाट सूचना आउनु मुलुकी अपराध संहिता, २०७४ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को प्रावधान विपरीत रहेको दाबी गरेको छ।

यसै सन्दर्भमा, बारले मन्त्रालयलाई त्रुटिपूर्ण निर्णय सच्याउन र दण्डहीनतालाई प्रश्रय नदिने स्पष्ट कदम चाल्न जोडदार माग गरेको छ। साथै, ‘कानुनको शासनको प्रत्याभूति र नागरिकको जीवन तथा सम्पत्तिको सुरक्षाका लागि गैर कानुनी कार्यमा संलग्न जोसुकैलाई पनि तत्काल कानुनी कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायलाई सचेत गराउँछौँ,’ विज्ञप्तिमा उल्लेख छ।

No description available.