२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बडादसैँ परम्परा : गोरखाबाट काठमाडौँ पठाइयो फूलपाती

अ+ अ-

गोरखा । गोरखा दरबारको दसैँघरबाट काठमाडौँको हनुमान ढोका दरबारका लागि फूलपातीसहितको डोली आज बिहान ७:३० बजे शुभसाइतमा पठाइएको छ। दरबारका सुसारेहरूले विधिपूर्वक पूजाअर्चना गरी फूलपाती बोकेर ल्याई सरकारी गाडी (बा २ झ ३८८२ नं) मा राखी पठाएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख विष्णुप्रसाद पाठकले जानकारी दिए ।

गोरखा दरबारको दसैँघरबाट फूलपाती पठाउने प्रक्रिया विशेष धुमधामसहित सम्पन्न भएको थियो। सुसारेहरूले डोली बोकेर ल्याएपछि बाजागाजासहित र्‍याली निकालेर फूलपातीको बिदाइ गरिएको गोरखाकाली मन्दिरका मूलपुजारी शारदाप्रसाद भट्टराईले बताए।

“गोरखाबाट पठाइएको फूलपाती आजै साँझ काठमाडौँको हनुमान ढोका दरबारमा हर्षबढाइका साथ भित्र्याइने परम्परा छ,” उनले भने। तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौँमा हनुमान ढोका दरबारबाट राजकाज सुरु गरेपछि हरेक वर्ष बडादसैँको सातौँ दिन गोरखा दरबारको दसैँघरबाट फूलपाती पठाउने परम्परा सुरु भएको ऐतिहासिक तथ्याङ्कमा उल्लेख छ।

यस वर्षको फूलपाती बिदाइ कार्यक्रममा जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापामगर, गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगरलगायत जनप्रतिनिधि तथा स्थानीयहरूको उपस्थिति रहेको थियो।

गोरखा दरबारको दसैँघरमा पनि आज साँझ विशेष विधिअनुसार फूलपाती भित्र्याइने र स्थानीयस्तरमा हर्षबढाइका साथ पर्व मनाइने परम्परा रहेको छ।