काठमाडौँ । राष्ट्रिय युवा संघ नेपालले वर्तमान सरकार शान्तिपूर्ण, भयरहित र निष्पक्ष प्रतिनिधि सभाको निर्वाचन गराउने आफ्नो मूल उद्देश्यमा केन्द्रित हुनुपर्नेमा जोड दिएको छ ।
संघका अध्यक्ष क्षितिज थेबेले आज प्रेस विज्ञप्ति जारी गर्दै सरकारलाई उक्त जिम्मेवारीमा सफल बनाउन संघले पनि भूमिका खेल्ने जनाउँदै जेनजी समूहले उठाएका माग पूरा गराउन आफूहरू सचेत भएको स्पष्ट गरेका छन्।
यसैगरी, ट्रेड युनियन महासंघ (जिफन्ट) का महासचिव लक्ष्मण शर्माले पनि आजै एक प्रेस विज्ञप्ति जारी गरी निर्वाचनमा केन्द्रित हुन सुझाएको छ ।







