काठमाडौँ । नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले कार्यविधि बनेपछि महाधिवेशन मिति तोक्ने बताएका छन् ।
सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता अग्नि सापकोटाले महाधिवेशनको कार्यविधि बनाउने र आयोजक समिति निश्चित गर्ने काम भइसकेपछि महाधिवेशनको मिति तोक्ने उनले बताए ।
हालै बसेको केन्द्रीय समिति बैठकले माओवादीले मंसिरको अन्तिम साता महाधिवेशन गर्ने निर्णय गरेको थियो ।
प्रवक्ता सापकोटाले भने, ‘महाधिवेशन आवश्यक वैचारिक राजनीतिक र सैद्धान्तिक छलफल भइरहेको छ। क्रान्तिकारी कम्युनिस्टहरूमाथि चुनौती खडा भएको छ। विचार, सङ्गठन र कार्यदिशालाई पनि नयाँ शिराबाट उठाउनुपर्नेछ। चुनौतीमात्रै होइन हामीलाई रूपान्तरणको लागि यो अवसर पनि हो ।’
समग्र छलफल, बहस र रूपान्तरण गर्नको लागि अहिले राम्रो वातावरण बनेको जिकिर गरे । उनले थपे, ‘पार्टीलाई एकताबद्ध गर्दै समाजवादी मोर्चालाई विस्तार र विचार मिल्नेहरूसँग एकता गर्ने गरी अघि बढेको छौँ । यो चुनौती मात्रै होइन, अवसर पनि हो।’
उनले पार्टी एकताबद्ध भएर अघि बढ्ने बताए ।







