२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘चुनावका लागि आवश्यक सबै स्रोत साधन उपलब्ध हुन्छ’ : प्रधानमन्त्री कार्की

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनबारे आयोगका पदाधिकारीसँग ब्रिफिङ लिँदै चुनावका लागि आवश्यक सम्पूर्ण स्रोत साधन उपलब्ध गराउने प्रतिबद्धता जनाएकी छन् ।

उनले आयोग पदाधिकारीहरूलाई मंगलबार भेट गर्दै सरकारको सम्पूर्ण ध्यान चुनावमै केन्द्रित रहेकाले त्यसका लागि आयोगको आवश्यकता अनुसारका काम गर्ने बताएकी छन् ।

आयोग पदाधिकारीहरूले अहिलेसम्म आयोगले गरेको कार्यप्रगति र कार्यप्रणालीका बारेमा प्रधानमन्त्री कार्कीलाई ब्रिफिङ गरेका थिए ।

सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा आगामी फागुन २१ गतेको निर्वाचन कार्यतालिका सार्वजनिक भइसकेको अवस्थामा त्यसको कार्यान्वयनमा सरकार र राजनीतिक दलको सहयोगका विषयमा छलफल भएको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले पनि जानकारी दिए ।

स्वच्छ, निष्पक्ष र स्वतन्त्र एवं मितव्ययी निर्वाचन गराउन आयोग प्रतिबद्ध रहेको स्पष्ट गर्दै आवश्यक स्रोत साधनको व्यवस्था र परिचालनमा सरकारबाट सहयोगको अपेक्षा गरिएको उनले बताए ।

आयोग पदाधिकारीहरूले निर्वाचनका विषयमा दलहरूसँग पनि छलफल गर्ने तयारी भएको जानकारी प्रधानमन्त्रीलाई गराएका थिए ।

गत भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनपछि पूर्व प्रधान न्यायाधीश कार्कीको नेतृत्वमा सरकार गठन र प्रतिनिधिसभा विघटन भई आगामी फागुन २१ गतेका लागि निर्वाचन घोषणा गरिएको छ ।