२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आफ्नो सम्पत्ति छानबिन गर्न सरकारलाई ओलीको चुनौती

अ+ अ-

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नो सम्पत्ति छानबिन गर्न सरकारलाई चुनौती दिएका छन्।

भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै चुनावको नाटक गरेर यो सरकारले नेताहरूलाई जेल हाल्न खोजेको आशंका व्यक्त गरे।

उनले भने, ‘यो सरकारको क्रियाकलाप लोकतान्त्रिक छैन। संविधान संवत् छैन, कानुनी राजतर्फ छैन। राज्य आतंक सिर्जना गर्न खोजिएको छ। चुनावको एउटा नाटक मञ्चन गरेर नेताहरूलाई जेल हालेर, मुद्दा लगाएर अपमान गर्न खोजिँदै छ। चुनावमा अरूलाई चुनाव लड्न नदिएर बुथ कब्जा गरेर आफू मात्रै जित्ने सपना देखिरहेकाहरूले त्यो सपना नदेख्नू।’

उनले दलका नेताहरूलाई रोक्ने दिवा सपनामा जनताले चिसो पानी खन्याउने जिकिर गरे। उनले थपे, ‘चुनाव गराउनुपर्नेछ, उहाँहरू राजनीतिक दलसँग संवाद गर्नुहुन्न। राजनीतिक दलमाथि दमन र बदनाम गर्न उत्रिनुभएको छ। दललाई बाइपास गरेर चुनाव हुन्छ ?’

उनले गृहमन्त्रीले व्यक्तिको नाम नै तोकेर परिचालित व्यक्तिहरूलाई उजुरी हाल्न लगाएको दाबी गरे।