काठमाडौँ। प्रहरी वृत्त कीर्तिपुरका डीएसपी फेरिएका छन् । वृत्त कीर्तिपुरका डीएसपी राजबाबु महर्जन हटाइएर उनको ठाउँमा नयाँ डीएसपी पठाइएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार नयाँ डिएसपीको रूपमा शिवकुमार बुढाथोकीलाई पठाइएको हो ।
यसअघि मंगलबार मात्रै ललितपुरस्थित प्रहरी वृत्त सातदोबाटोका डिएसपीको जिम्मेवारी हेरफेर भएको थियो ।







