काठमाडौँ । तारकेश्वर नगरपालिका-८ शिव मन्दिर चोकबाट संरक्षित वन्यजन्तु सालकको खपटा जस्तो देखिने आखेटोपहार र सालकको छालासहित दुई जना पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले करिब दुई किलोको उक्त आखेटोपहार लिएर हिँडिरहेको अवस्थामा आज नुवाकोटको ककनी गाउँपालिका-३ का २१ वर्षीय लिजोङ तामाङ र बेलकोटगढी नगरपालिका-१ का ३९ वर्षीय श्याम ढुंगानालाई पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार पठाइएको प्रहरीले जनाएको छ ।







