२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘वर्तमान संविधानले काम गर्दैन, परिमार्जन गरौँ’ : ‘प्रचण्ड’

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान संविधानले अहिलेकै रूपमा काम नगर्ने भन्दै संशोधनसहितको परिमार्जन गर्ने प्रस्ताव गरेका छन् ।

शुक्रबार राजधानीमा सम्पादकहरूसँगको छलफलका क्रममा उनले यसका लागि राष्ट्रिय सहमति आवश्यक भएको जिकिर गरे ।

‘यो संविधानले अहिलेकै रूपमा काम गर्दैन, संशोधन/परिमार्जन गरौँ,’ प्रचण्डले भनेका छन्, ‘जसका लागि राष्ट्रिय सहमति चाहिन्छ ।’

साथै, उनले राष्ट्रिय स्वाधीनताको विषयमा यसभन्दा अघि कहिल्यै यति ठूलो हस्तक्षेप नरहेको पनि बताए ।

‘राष्ट्रिय स्वाधीनतामा यति ठूलो हस्तक्षेप, स्वाधीनताको विषय पहिले थिएन,’ उनले भने, ‘राष्ट्रिय स्वाधीनतामा यति ठूलो चुनौती पहिले कमै थियो ।’

उनले राजनीतिक संकट पनि कायमै रहेको बताए ।

जेनजी युवा आन्दोलनले संविधानको विषयलाई नितान्त नयाँ कोणबाट सोच्नुपर्ने ठाउँमा ल्याइदिएको पनि प्रचण्डले बताए ।

उनको दल माओवादी केन्द्रले संविधान संशोधन गरी प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था हुनुपर्ने यसअघिबाटै बताउँदै आएको छ ।