काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले आजदेखि नयाँ भवनबाट सञ्चालनमा आएको छ ।
काठमाडौँको बबरमहलमा रहेको कार्यालयमा गत भदौ २३ र २४ गतेको जेनजीको आन्दोलनकर्मीले आगजानी गरेर ध्वस्त बनाएपछि कार्यालयका सेवा केही दिनदेखि कार्यालय परिसरबाटै प्रदान गरिँदै आएका छन् ।
केही दिन ध्वस्त भएको कार्यालयको परिसरबाट सेवा दिइरुहेको जिल्ला प्रशासन कार्यालयले आजदेखि उक्त कार्यालय नजिकै रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको एक भवनमा सरेर सञ्चालनमा आएको जनाइएको छ ।
आजदेखि कार्यालयले राहदानीका लागि आवेदन दिने बाहेकका सबै प्रकारका सेवा सुचारु गरेको छ । कार्यालयले सेवा प्रवाहका थप विवरण र आवश्यक जानकारी क्रमशः सार्वजनिक गर्ने बताइएको छ ।







