२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘केन्द्रीय समितिमा सभापति देउवा अन्तिम पटक सहभागी हुनुभयो’ : गगन थापा 

अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी केन्द्रीय कार्यसमिति बैठकमा सभापति शेरबहादुर देउवाको आज अन्तिम सहभागिता रहेको बताएका छन्।

पार्टी केन्द्रीय कार्यालयमा उपस्थित नेता-कार्यकर्तासँग महामन्त्री थापाले केन्द्रीय कार्यसमिति बैठकमा सभापति देउवा अन्तिम पटक सहभागी भएको र सम्बोधन गरेको बताएका हुन्।

‘पार्टी सभापतिले बाँकी रहेका जिम्मेवारी पूरा गर्न केन्द्रीय कार्यसमितिलाई जिम्मेवारी छाडेर जानुभएको छ,’ उनले भने, ‘सभापतिको हैसियतमा केन्द्रीय कार्यसमितिमा आज एक प्रकारले अन्तिम उपस्थिति रह्यो। उहाँले पार्टी सभापतिको रूपमा महत्त्वपूर्ण निर्देशन र घोषणा पनि गर्नुभयो। त्यसलाई सम्मान गर्दै आजको बैठक एजेन्डामा प्रवेश गरेन।’

उनले सभापतिको सम्बोधनपछि कार्यवाहक सभापतिसँग छलफल भएको र सो छलफलमा पार्टी कार्यालयमा सभापतिको रूपमा अन्तिम सम्बोधन आएकाले त्यसालाई पनि सम्मान गर्दै बैठक टुंग्याइएको बताए।

उनले विशेष महाधिवेशन माग गर्दै संकलन भएको हस्ताक्षर बुधबार दिउँसो ३ बजे बुझ्ने कार्यक्रम तय गरिएको जानकारी दिए।

आफूहरूसँगको छलफलमा सभापतिले १५औँ महाधिवेशन समयभित्रै सम्पन्न गर्ने बताएको भन्दै महामन्त्री थापाले भने, ‘हामीले बुझेको समयभित्र भनेको २०८२ को मंसिर मसान्त हो। महाधिवेशन त्यही समयभित्र सम्पन्न हुन्छ।’

उनले छोटो समयमा महाधिवेशन सम्पन्न गर्नुपर्ने हुनाले देशभरका नेता-कार्यकर्तामा अतिरिक्त संयम आवश्यक रहेको पनि बताए।