काठमाडौँ । गए राति काठमाडौँको गोकर्णेश्वर नगरपालिका-३ स्थितबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सोही नगरपालिकामा बस्ने सन्तोष श्रेष्ठको घरको पानी ट्यांकी भित्र एक एक थान पेस्तोल र हतकडी लुकाएर राखेको भन्ने सूचनाको आधारमा प्रहरीले सिन्धुपाल्चोक इन्द्रवाती गाउँपालिका घर भएका २७ वर्षीय राजन भुजेललाई पक्राउ गरेको हो । हाल उनी भक्तपुर बस्दै आएका थिए ।
उनलाई नियन्त्रणमा लिइ आवश्यक सोधपुछ भइरहेको नेपाल प्रहरीले जनाएको छ ।







