काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदनप्रसाद परियारले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अवलोकन गरेका छन् । सो अवसरमा मन्त्री परियारले विभागको प्रयोगशाला अवलोकन तथा अनुगमन कार्यक्रममा पनि सहभागिता जनाएका थिए।
उक्त कार्यक्रम कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्मा र डा. दिपक कुमार खरालको पनि उपस्थिति रहेको थियो । सो क्रममा विभागका महानिर्देशक डा. मतिना जोशी वैद्यले विभागका हालका गतिविधि, खाद्य स्वच्छता तथा गुणस्तर नियमनका कार्यहरूलगायत क्षेत्रमा भइरहेका प्रयासहरूको जानकारी गराएकी थिइन् ।
मन्त्री परियारले विभागको कामप्रति सन्तोष व्यक्त गर्दै खाद्य सुरक्षाको सुनिश्चितता, गुणस्तर सुधार र अनुसन्धान विस्तारमा थप सक्रियता देखाउन निर्देशन दिएका छन्। सचिवद्वयले पनि विभागका कामलाई प्रभावकारी र परिणाममुखी बनाउन निरन्तर सहकार्य र समन्वयमा जोड दिएका छन्।
मन्त्री तथा सचिवद्वयको विशेष निर्देशन र हौसलाले विभागलाई खाद्य स्वच्छता तथा गुणस्तर नियमन, खाद्य प्रविधि विकास तथा खाद्य पोषणका क्षेत्रमा थप ऊर्जा प्राप्त भएको विभागले जनाएको छ।








