२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘तोकिएको समयमै चुनाव हुन्छ, सबै सहभागी हुनुहोस्’ : निर्वाचन आयोग

अ+ अ-

काठमाडौँ। निर्वाचन आयोगले फागुन २१ मा हुने प्रतिनिधि सभा चुनावका सन्दर्भमा राजनीतिक दलहरूसँग छलफल गरेको छ ।

संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने २९ राजनीतिक दल र आयोगका पदाधिकारीबीच बिहीबार छलफल भएको हो ।

बैठकमा दलका प्रतिनिधिहरूले घोषित मितिमै निर्वाचन सम्पन्न गर्न सम्बद्ध पक्षसँग निरन्तर छलफल गर्न सुझाएका आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए ।

उनका अनुसार निर्वाचन स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारले शान्ति सुरक्षाको उचित प्रबन्ध गरी राजनीतिक दल, उम्मेदवार, निर्वाचनमा खटिने कर्मचारी र मतदातालाई निर्भयपूर्वक सहभागी हुने वातावरण बनाउनुपर्नेमा उनीहरूको जोड छ ।

यस्तै दलहरूले आचारसंहिताको पूर्ण पालना, निर्वाचनलाई कम खर्चिलो बनाउन र विद्यमान विषम् परिस्थितिमा हुन लागेकाले सरोकारवालासँग निरन्तर छलफल गर्न आयोगलाई सुझाव दिएका छन् ।

छलफलमा आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आवधिक निर्वाचनभन्दा फरक समय र परिस्थितिमा प्रतिनिधि सभाको निर्वाचन हुन लागेकाले सबै दलहरूलाई सहभागी हुन आग्रह गरे ।

आयोगले पटक पटक सरोकारवालासँग छलफल गरिरहेको बताउँदै उनले स्रोत, साधन र शान्ति सुरक्षाको प्रबन्ध गर्न सरकारले प्रतिबद्धता जनाएको दलहरूलाई जानकारी गराए ।

निर्वाचनमय वातावरण बनाई कसैले पनि निषेधको राजनीति नगर्न समेत आयोगले सबैको ध्यानाकर्षण गराइसकेको बताउँदै कार्यवाहक प्रमुख आयुक्त भण्डारीले तोकिएको समयमै निर्वाचन हुने विश्वास दिलाए ।

छलफलमा निर्वाचन आयुक्त डा। जानकी कुमारी तुलाधर र सगुन सम्शेर जबरा तथा आयोगका सचिव महादेव पन्थ लगायत सहभागी थिए ।