काठमाडौँ । नेपाल प्रहरीका अवकाशप्राप्त पूर्वप्रहरी नायव महानिरीक्षक कृष्णबहादुर रानाले लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गरेका छन् ।
७०औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहमा उनलाई गृहमन्त्री ओमप्रकाश अर्यालले लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरेका हुन् ।
२०३५ मा इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका रानाले २०६५ असोजमा अनिवार्य अवकाश पाएका थिए ।
पूर्वडीआईजी राना २०११ मा दाङको घोराहीमा जन्मेका थिए । काठमाडौँको महाराजगन्जमा बस्दै आएका उनले प्रहरी सेवामा रहँदा चुनौतीपूर्ण काम कुशलतापूर्वक सम्पन्न गरेको प्रहरी प्रधान कार्यालयको विश्लेषण छ ।
उनले पाटन क्याम्पसबाट स्नातक तह पुरा गरेका थिए । २०६३ साउनमा डीआईजी पदमा बढुवा भएका रानाले प्रहरी सेवा पदक र विख्यात त्रिशक्तिपट्ट सहितका पदक प्राप्त गरेका थिए ।
यस्तै, कार्यक्रममा गृहमन्त्री अर्यालले कर्तव्य पालनाको सिलसिलामा ज्यान गुमाएकाका परिवारलाई अमर प्रहरीको रुपमा कदर पत्रसहित सम्मान गरिएको छ ।







