२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘नेपाल संवत् नेपाली गौरव, सभ्यता र परोपकारको प्रतीक हो’-प्रधानमन्त्री कार्की

अ+ अ-

ललितपुर । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल संवत् नेपालीहरूको गौरव, सभ्यता र पहिचानको प्रतीक भएको बताएकी छन् ।

नेपाल संवत् ११४६ तथा नयाँ वर्षका अवसरमा नेपाल भाषा मंका खल: यलको संयोजन, ललितपुर महानगरपालिकाको सहयोग तथा पाटनका विभिन्न जातीय समाजको सहकार्यमा आज पाटन मंगलबजारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले नेपाल भाषाको संरक्षण र प्रवद्धर्नमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

आजभन्दा ११४६ वर्षअघि राजा राघवदेवको शासनकालमा शङ्खधर साख्वाले गरिबी र ऋणमा डुबेका नागरिकको ऋण मोचन गरी उनीहरूलाई मुक्त गरेको ऐतिहासिक दिन नै ‘नेपाल संवत्’को शुभारम्भको आधार भएको उनले बताइन् ।

शङ्खधर साख्वा:ले देखाएको सामाजिक एकता, त्याग र मानवीयताको बाटोमा हिँड्न हामी सबैलाई प्रेरणा मिलोस् भदै प्रधानमन्त्री कार्कीले आजदेखि सुरु भएको ‘नयाँ वर्ष’ले हामी सबैको जीवनमा सुख, शान्ति, सामाजिक सद्भाव र प्रगतिको नयाँ आयाम थप्न सकोस् भन्ने कामना गरिन् ।

“नेपाल सम्वतका प्रवर्तक शङ्खधर साख्वा एक व्यापारी हुनुहुन्थ्यो, उहाँ केवल नाफा कमाउने मात्रै नभएर एक महान् समाजसेवी र लोककल्याणकारी समाजसेवी हुनुहुन्थ्यो, उहाँको यही सामाजिक न्यायको महान् कार्यको कदर स्वरूप विसं ९३६ मा नेपाल संवत्को थालनी गरियो, सम्मानस्वरुप उहाँलाई विसं २०५६ मा राष्ट्रिय विभूति घोषणा गरियो । २०६५ सालदेखि नेपाल संवत्लाई राष्ट्रिय संवत् घोषणा गरी सरकारी कागजातमा नेपाल संवत्समेत उल्लेख गर्न थालिएको छ ।” उनले भनिन् ।

“नेपाल संवत् नेपाली धर्तीमा उत्पत्ति भएको हो । नेपाली जनताले यसको प्रादुर्भाव गरेका हुन्, तसर्थ राष्ट्रियता, मौलिकता एवं सामाजिक इतिहासको महत्त्वपूर्ण धरोहर हो यो संवत्, यस संवत्को प्रवर्द्धक एवं समाजसेवी साख्वाबाट सिक्ने कुरा धेरै छन् । व्यक्तिगतभन्दा सामूहिक र दलगत हितभन्दा माथि राष्ट्रिय हितलाई राखेर हिँड्न सके मात्र हाम्रो राष्ट्रिय अभिष्ट पूरा हुन सक्छ ।” प्रधानमन्त्री कार्कीले भनिन् ।

गत भदौ २३ र २४ गते ‘जेन जेड’ समूहले मुलुकमा व्याप्त भ्रष्टाचारविरुद्ध गरेको आन्दोलनमा कलिला युवाहरूको अनाहकमा ज्यान गएको र सयौँको सङ्ख्यामा घाइते भएको घटनाले आफू अत्यन्त दुःखी भएको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले भनिन्, “उक्त आन्दोलनमा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।”

“जेन जेड आन्दोलनको बलमा बनेको यस नागरिक सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने जिम्मेवारी प्राप्त गरेको यहाँहरूलाई विदितै छ, यस सरकारसँग नेपालको संविधानको अधीनमा रही जेन जेड आन्दोलनको सुशासनको आवाजलाई सम्बोधन गर्नुपर्ने दायित्व रहेको छ । यसका लागि समाजका सबै तह, तप्का र वर्ग समुदायको उत्तिकै भूमिका हुन्छ । आउनुहोस्, यसमा सहकार्य गरौँ र सचेत नागरिकको भूमिका निर्वाह गरौँ ।” उनले भनिन् ।

उनले लोकतान्त्रिक सबलीकरण, आर्थिक समृद्धि र नागरिक अधिकारको रक्षा गर्न आगामी फागुन २१ गते हुने निर्वाचनमा भयरहित ढंगले नेपाली जनतालाई मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट गर्दै प्रधानमन्त्री कार्कीले सम्पूर्ण नेपालीको सहभागितासहित स्वतन्त्र, निष्पक्ष एवं भयसहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने अभियानमा सम्पूर्ण राजनीति दल, वर्ग, समूहको साथ, सहयोग प्राप्त हुने विश्वास व्यक्त गरिन् ।

विभिन्न जातीय समुदायको तर्फबाट उपत्यकाको ललितपुर भक्तपुर र काठमाडौँमा विशेष कार्यक्रम गरी हर्षोल्लासका साथ आज नेपाल संवत् मनाइँदै छ । यसैगरी विशेष गरी नेवार समुदायको बसोबास भएका देशका विभिन्न गाउँ, सहर, बजारमा समेत ‘नेपाल संवत्’ उल्लासमय वातावरणका बीच मनाइँदै छ ।