२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सङ्खुवासभामा सेना, सशस्त्र र प्रहरीको संयुक्त सुरक्षा गस्ती

अ+ अ-

सङ्खुवासभा । जेनजी आन्दोलनपछि उत्पन्न भएको सुरक्षा चुनौती र चाडपर्वको चहलपहललाई मध्यनजर गर्दै सङ्खुवासभामा संयुक्त सुरक्षा गस्ती सुरु गरिएको छ ।

नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले जिल्लाका मुख्य बजार क्षेत्रहरूमा एकसाथ पैदल तथा मोबाइल गस्ती थालेका हुन् । जिल्लाका खाँदबारी, तुम्लिङटार, चैनपुरलगायत बजार क्षेत्रमा विगत केही दिनयता संयुक्त टोलीको सक्रिय उपस्थिति देखिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीका अनुसार पछिल्ला राजनीतिक गतिविधि, आन्दोलन र भिडभाडका कारण सुरक्षामा थप चुनौती देखिएकाले सहकार्यमा संयुक्त गस्ती निगरानी बढाइएको हो ।

“जिल्लामा शान्ति र सुरक्षाको अवस्था सुदृढ गर्न सबै सुरक्षा निकाय एकताबद्ध भएर काम गरिरहेका छौँ”, उनले भने, “मुख्य सडक, भिडभाड हुने स्थान, बसपार्क, बजार, बैंक तथा सरकारी कार्यालय वरपर निगरानी बढाइएको छ, सुरक्षा निकायका अनुसार यस्तो संयुक्त गस्तीले आपराधिक गतिविधि नियन्त्रण, चोरी, डकैती, झैझगडा तथा अवाञ्छित समूहको गतिविधि रोक्न सहयोग पुग्ने विश्वास गरिएको छ ।”

स्थानीयवासीले संयुक्त सुरक्षा बलको उपस्थिति देखिएपछि बजार क्षेत्र थप सुरक्षित महसुस भएको प्रतिक्रिया दिएका छन् । सेना र प्रहरीसँगै बजार गस्ती गर्दा वातावरण सुरक्षित महसुस हुन्छ, यस्तो पहल निरन्तर हुनुपर्ने खाँदबारीका व्यवसायी हिमाल श्रेष्ठ बताउँछन् । सुरक्षा स्रोतका अनुसार चाडपर्वमा भिडभाड बढ्ने सम्भावना भएकाले गस्तीलाई राति पनि निरन्तर गर्ने तयारी भइरहेको छ ।