२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माधव नेपालले भने : ‘प्रचण्डलाई नेतृत्व छाड्नुस् भनेको छु, म पनि बस्दिनँ’

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेकपा माओवादी केन्द्रसहितका दलहरूसँग हुन लागेको एकता सुटुक्क र व्यक्तिगत रूपमा नभएको स्पष्टीकरण दिएका छन् ।

शुक्रबार बसेको पार्टीको केन्द्रीय कमिटी बैठकमा आफ्ना धारणा राख्ने क्रममा उनले वार्ता टोली बनाएर नै एकता प्रक्रिया अघि बढाइएको बताएका हुन् ।

‘यो सुटुक्क र व्यक्तिगत रूपमा एकता गरेको पनि हैन । सचिवालय स्थायी कमिटीको निर्णय अनुसार, वार्ता टोली बनाएर बकाइदा एकता प्रक्रिया अगाडि बढाएको हो,’ नेपालले बैठकलाई सम्बोधन गर्दै भनेका छन् ।

साथै, उनले माओवादी केन्द्रसँग मात्रै नभई महेन्द्र राय यादव, विप्लवको एउटा समूहसँग पनि एकता हुने जानकारी दिए । नेपालको दाबी अनुसार, जेनजीको वार्तामै बसेका मान्छेहरू पनि एकता प्रक्रियामा सामेल हुन खोजेका छन् ।

‘यो माओवादी केन्द्रसँग मात्र होइन, महेन्द्र राय यादव, आज विभाजन भएको ‘विप्लव’ समूहसँग पनि एकता हुन्छ । जेनजीको वार्तैमा बसेका मान्छेहरू पनि आउन खोजेका छन् पार्टीमा,’ उनले भनेका छन् ।

अध्यक्ष नेपालले ‘प्रचण्ड’लाई नेतृत्व छाड्न सुझाएको पनि बताए । त्यस्तै, उनले आफू पनि संसार घुम्न मन भएको र त्यही अनुसार नेतृत्वमा नबस्ने घोषणा गरे ।

‘मैले प्रचण्डलाई ३६/४० वर्षभयो नेतृत्व छोड्नुहोस् भनेको छु । म पनि संसार घुम्न मन छ । नेतृत्वमा बस्दिनँ,’ नेपालले भनेका छन्, ‘विप्लवलाई हाम्रो अझै पनि ढोका खुला छ । मैले महासचिव हुनुस् भनेको थिएँ, तर उहाँले मान्नुभएन ।’