काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत नेतृत्वको भ्रमण टोली आज बंगलादेश प्रस्थान गरेको छ ।
बंगलादेशका प्रधानन्यायाधीश डा. सैयद रेफत अहमदको मैत्रीपूर्ण निमन्त्रणामा त्यहाँको सर्वोच्च अदालतको अवलोकन भ्रमणका निम्ति टोली गएको हो । प्रधानन्यायाधीश नेतृत्वको टोली कात्तिक १८ गतेसम्म बंगलादेशमा रहनेछ ।
भ्रमण दलमा प्रधानन्यायाधीशसहित अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीश विनोद शर्मा र मुख्य रजिस्ट्रार विमल पौडेल रहेका सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए ।







