काठमाडौँ। हेटौँडा उपमहानगरपालिका-१ मैनटारमा सञ्चालित खानेपानी योजना हेटौँडा खानेपानी व्यवस्थापन बोर्डमा हस्तान्तरण गरिएको छ।
खानेपानी व्यवस्थापन बोर्डमा हस्तान्तरण भएको यो सत्रौँ उपभोक्ता समिति हो।
बागमती प्रदेश सरकारको खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालयअन्तर्गत रहेको खानेपानी तथा सरसफाइ डिभिजन नं. १, हेटौँडाबाट करिब १ करोड १० लाख रुपैयाँको लगानी र उपभोक्ताहरूको लागत सहभागिता समेत गरी १ करोड ४० लाखमा योजना निर्माण गरिएको हो।
१ लाख लिटर क्षमताको पानीट्यांकी, समवेल, करिब ५ किलोमिटर पाइप लाइनसहितका पूर्वाधारहरू एवम् हाल सम्म जडान भई पानी सञ्चालनमा रहेको ६९ वटा धारा बोर्डमा हस्तान्तरण गरिएको हो।







