२६ असार २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डा. प्रकाशशरण महतले भने : ‘महामन्त्री र सहमहामन्त्रीको प्रस्तावमाथि छलफल जारी छ’

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले जारी केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री गगनकुमार थापा र सहमहामन्त्री महेन्द्र यादवले छुट्टाछुट्टै प्रस्तुत गरेको केन्द्रीय महाधिवेशन कार्यतालिकाबारे छलफल जारी रहेको जानकारी दिएका छन् ।

पार्टीको केन्द्रीय समिति बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई बैठकको बारेमा जानकारी दिँदै डा. महतले दुवै प्रस्तावमाथि धारणा राख्ने क्रम जारी रहेको बताए । 

उनले भने, “निर्वाचन अगाडि महाधिवेशन गर्न सक्ने तर्कसहित महामन्त्रीले एउटा प्रस्ताव पेस गर्नुभएको छ, सहमहामन्त्रीले निर्वाचनपछि महाधिवेशन गर्ने गरी अर्को प्रस्ताव राख्नुभएको छ, महामन्त्री र सहमहामन्त्रीले व्यक्तिगत रूपमा पेस गरेर छलफलमा आएको प्रस्ताव बाहेक अरूले पनि फरक मिति प्रस्ताव गर्न सक्छन्, छलफल जारी छ ।” 

प्रवक्ता महले संक्टको समयमा मतभेद गरेर तिक्तता बढाउन नहुने बताउँदै संसद् पुन:स्थापना हुन्छ भनेर बस्नेभन्दा पनि निर्वाचन हुन्छ भनेर तयारी जारी राख्नुपर्नेमा जोड दिए । 

पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा आज सुरु भएको बैठकमा महामन्त्री गगनकुमार थापा, सहमहामन्त्री महेन्द्र यादव, कोषाध्यक्ष उमेश श्रेष्ठ, सदस्यहरू कृष्णप्रसाद सिटौला, डा चन्द्रकान्त भण्डारी, डा. रणबहादुर रावल, कर्णबहादुर बुढा, दिलमान पाख्रिन, कुन्दनराज काफ्ले, राधा घले र शारदा पौडेलले धारणा राख्नुभएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

पार्टीको जारी केन्द्रीय समिति बैठक बुधबार बिहान ११:३० बजे बस्ने गरी आजको बैठक स्थगित भएको मुख्यसचिव पौडेलले जानकारी गराए ।