२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जेन जेड फ्रन्टद्वारा एन्फा पदाधिकारीको राजीनामा माग

अ+ अ-

काठमाडौँ । रक्षा बमको संयोजकत्वमा रहेको नेपाल जेन जेड फ्रन्टले अखिल नेपाल फुटबल संघ (एन्फा) र केही क्लबहरूबीच यो वर्ष राष्ट्रिय लिग गर्ने र अर्को वर्ष मात्र ’ए’ डिभिजन लिग आयोजना गर्ने सहमति भएको विषयप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

फ्रन्टका सूचना सञ्चार समितिका यतिष ओझाले मंगलबार एक विज्ञप्ति जारी गर्दै एन्फा र क्लबहरुबिचको सहमति नेपाली फुटबलको भविष्यमाथि गरिएको खुला हमला र एन्फाको अधोगति भएको जनाएको छ ।

यो घटना पदीय दायित्व पूरा गर्न नसक्ने एन्फा नेतृत्वले पदको दुरुपयोग गर्दै समग्र फुटबलमाथि गरेको भ्रष्टाचार भएको फ्रन्टको ठहर छ । फ्रन्टले एन्फाको फुटबल विरोधी निर्णयविरुद्ध आवाज बुलन्द गर्न नेपाली फुटबल समर्थकलाई आव्हान गरेको छ ।

‘नेपाली फुटबल समर्थकलाई आह्वान गर्दछौं: अब चुप लागेर बस्ने समय छैन १ एन्फाको यो फुटबल विरोधी निर्णय विरुद्ध आवाज बुलन्द गरौँ । नेपाली फुटबल बचाउन एकजुट होऔँ,’ विज्ञप्तिमा भनिएको छ ।

नेपाली फुटबललाई निरन्तर खोक्रो पार्ने र खेलाडीको भविष्यमाथि खेलबाड गर्ने, समयमै लिग आयोजना गर्न नसक्ने, खेलाडीलाई अवसरबाट वञ्चित गर्ने र नेपाली फुटबललाई अन्तर्राष्ट्रिय स्तरमा कमजोर बनाउने एन्फा नेतृत्वले नैतिकताको आधारमा राजीनामा दिएर मार्ग प्रशस्त गर्न समेत नेपाल जेन–जी फ्रन्टले माग गरेको छ ।