२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

क्याथे प्यासिफिकमा रहेको सबै सेयर बेच्ने कतार एयरवेजको निर्णय

अ+ अ-

काठमाडौँ। कतार एयरवेजले हङकङको क्याथे प्यासिफिक एयरवेजबाट आफ्नो सबै सेयर बिक्री गरेर बाहिरिने निर्णय गरेको छ ।

कतार एयरवेज कतारको सरकारी वायुसेवा कम्पन हो भने क्याथे प्यासिफिक हङकङको सरकारी वायुसेवा हो ।

बेलायती समाचार संस्था रोयटर्सका अनुसार कतार एयरवेजले क्याथे प्यासिफिकमा रहेको ६ अर्ब ९७ करोड हङकङ डलर (८९ करोड ७० लाख अमेरिकी डलर) बराबर सेयर बेचेर बाहिरिने निर्णय गरेको हो ।

क्याथेमा लगानी गरेको आठ वर्षपछि कतारले आफ्नो सबै सेयर बेचेर बाहिरिने निर्णय गरेको हो । क्याथेमा कतारको ९.७ प्रतिशत सेयर छ ।

कतारको सेयर क्याथे आफैँले खरिद गर्न लागेको हो । क्याथेले प्रतिसेयर १०.८३ हङकङ डलरका दरले कतारको सबै सेयर खरिद गर्ने छ । यो मूल्य पछिल्लो पटक भएको कारोबार अनुसार हो, जुन ४ प्रतिशत छुट हो ।

कतार एयरवेजले नोभेम्बर २०१७ मा क्याथेको सेयर खरिद गरेको थियो । कतार क्याथेको तेस्रो ठुलो साझेदार हो । क्याथेको पहिलो ठुलो साझेदार स्वायर प्यासिफिक र दोस्रो ठुलो साझेदार चीनको सरकारी वायुसेवा कम्पनी एयर चाइना हो ।

क्याथेले कतारको सेयर फिर्ता लिन सालाखाला ३५ प्रतिशत प्रिमियम थप्ने जनाएको छ । यो रकम आन्तरिक स्रोत र रेटिङ एजेन्सीले दिएको विद्यमान कर्जा सीमामा रहेर जुटाउने जनाएको छ ।