२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रहरी हिरासतमा थुनुवाको मृत्यु भएको विषयमा छानबिन समिति गठन

अ+ अ-

सुर्खेत । सुर्खेत जिल्ला प्रहरी कार्यालयको हिरासतमा एक थुनुवाको मृत्यु भएको घटनाको सत्यतथ्य पत्ता लगाउन पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ।

लागुऔषध मुद्दामा पक्राउ परेका वीरेन्द्रनगर नगरपालिका–११ का २६ वर्षीय गंगे बि.क. मिति २०८२ साल कात्तिक २१ गते बिहान प्रहरी हिरासतको कक्षमा अचेत अवस्थामा फेला परेका थिए। उनलाई तत्काल उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।

जिल्ला प्रशासन कार्यालय, सुर्खेतका अनुसार, मृतकका परिवारसँगको छलफलपछि घटनाको निष्पक्ष छानबिनका लागि समिति गठन गरिएको हो।

जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत हित प्रसाद पौडेल समितिका संयोजक रहेका छन्। समितिमा खिम लाल देवकोटा, वडा अध्यक्ष (वीरेन्द्रनगर-११), पिताम्बर ढकाल (मानव अधिकार सञ्जाल, सुर्खेत), मालती बि.क. (राष्ट्रिय दलित पत्रकार संघ, नेपाल, कर्णाली प्रदेश सचिव) र मृतकका परिवार तर्फबाट गीता सुनार सदस्यका रूपमा रहेका छन्।

जिल्ला प्रशासन कार्यालयले समितिलाई घटनाको सम्पूर्ण पक्षका विषयमा अध्ययन गरी सत्यतथ्य प्रतिवेदन पेस गर्न निर्देशन दिएको जनाएको छ।