काठमाडौँ । नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधनमा रौतहटको बौधीमाई नगरपालिकाले पनि आज शोक बिदा दिएको छ । यस अघि रौतहट क्षेत्र नम्बर २ मा पर्ने राजपुर, ईशनाथ र परोहाले शोक दिएका थिए ।
आलमको केएमसी अस्पताल सिनामङ्गलमा उपचारको क्रममा शनिबार बिहान २ः५८ मा निधन भएको थियो ।








