२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासनसित इजाजत नलिईकन सडकमा उत्रिने ओलीको चेतावनी

अ+ अ-

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई खुला चेतावनी दिँदै प्रशासनको इजाजत नलिईकन विरोध प्रदर्शन आयोजना गर्ने बताएका छन् । 

सरकार नै संवैधानिक नभएकाले स्वीकृति लिनुपर्ने आवश्यकता नरहेको उनको तर्क छ ।

आज युवा संघ नेपालको कार्यक्रममा बोल्दै ओलीले जेलनेल भोगेर प्राप्त गरेको अधिकार यत्तिकै खोसिन नदिने बताए । उनले प्रधानमन्त्री सुशीला कार्कीलाई आफ्ना मातहतका निकायलाई कानूनसम्मत आदेश मात्रै दिन सुझाव पनि दिएका छन् ।

ओली भने, ‘अब हाम्रो आन्दोलन इजाजत लिएर हुनेछैन । अनुमति लिएर हुने छैन । तपाईँहरूको स्वीकृतिमा हुनेछैन । तपाईँहरूको विरोध गर्न हामीले तपाईंहरुसँगै स्वीकृति लिनुपर्ने आवश्यकता छैन । तपाईँहरू असंवैधानिक हुनुहुन्छ । गैरकानूनी हुनुहुन्छ । एरिया हदबन्दी लगाउने, पासपोर्ट रोक्का गर्ने, ह्याँ गर्ने ह्वाँ गर्ने, विरोध प्रदर्शन गर्न नदिने, शान्तिपूर्ण पनि नदिने‘ देशै तपाईँको हो ? तपाईँले कहाँबाट ल्याएको हो यो देश रु हाम्रो पनि होला नि यो देश । जेनजी दिदी हुनुहुन्छ कि बहिनी हुनुहुन्छ, उहाँलाई पनि भन्न चाहन्छु, आफ्नो मातहतलाई कानूनसम्मत आदेश मात्र दिनुस् । संविधानले दिएका, हामीले लडेर ल्याएका बलिदान दिएर ल्याएका, जेलनेल भोगेर, दुख कष्ट सहेर ल्याएका हक अधिकार तपाईँको आदेशमा छोड्दैनौँ । शान्तिपूर्ण प्रदर्शन हाम्रो अधिकार हो । जायज विरोध हाम्रो अधिकार हो । हामीलाई लुकेर गर्नु छैन । अहिले पनि हामी यसरी गर्दैछौं स्वीकृति दिनुस् भन्नुस् । दिनुहुन्न भने स्वीकृति चाहिँदैन सडकमा उत्रिन्छौ । संविधानभन्दा तपाईँको आदेश ठूलो होइन ।’