२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भयरहित वातावरणमा निर्वाचन हुने सुनिश्चितता गर्न संसदीय समितिको निर्देशन

अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले आसन्न प्रतिनिधि सभाको निर्वाचन स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा हुने सुनिश्चितता गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिका सभापति सोनाम गेल्जेन शेर्पाको सभापतित्वमा बसेको समितिको आजको बैठकले प्रहरीको मनोबल उच्च बनाउँदै जेन जेड आन्दोलनका क्रममा लुटिएका हातहतियार फिर्ता गर्न र फरार कैदीलाई कानुनी दायरामा ल्याउन निर्देशन दिएको हो । 

समितिले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी र सुरक्षा अवस्थाबारे गृहमन्त्री ओमप्रकाश अर्यालसँग छलफल गरेको थियो । 

छलफलमा समितिका सदस्यहरूले निर्धारित मितिमै निर्वाचन सम्पन्न गर्नुपर्ने, प्रहरीको मनोबल बढाउनुपर्ने, मुलुकमा शान्ति सुरक्षा र अमनचयन कायम गर्नुपर्नेमा जोड दिए ।

छलफलमा उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री अर्यालले सरकारले निर्वाचनमा सुरक्षाको कुनै कसर बाँकी नराख्ने बताए । उनले सुरक्षा निकायलाई आवश्यक बन्दोबस्तीका सामग्री कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै आवश्यक स्रोत जुटाउन समन्वय भइरहेको बताए ।

फरक प्रसंगमा मन्त्री अर्यालले सरकार दलहरूसँग  नकारात्मक हुनै नसक्ने बताए । उनले  वार्ता र संवादबाटै आगामी समस्या समाधान हुने विश्वास व्यक्त गरे ।