२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गगन थापाको स्वीकारोक्ति : ‘आफैँले हुँदैन भनेर गठबन्धनबाटै चुनाव लडेँ, गल्ती गरेकै हुँ’

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले विगतमा गठबन्धन गरेर निर्वाचन लड्न गएर आफूले गल्ती गरेको स्वीकार गरेका छन् । बिहीबार केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्ने क्रममा उनले ०७९ को निर्वाचनमा गठबन्धनसहित चुनाव लडेर आफूले गल्ती गरेको बताएका हुन् ।

‘अर्को पार्टीमा औपचारिक रूपमा भोट हाल्न लगाउने, हामी सकिन्छौँ भन्ने कुरा राखेँ । तर अन्तिममा पार्टीको निर्णय भयो । मलाई के लाग्छ भने मैले गल्ती गरेकै हो,’ तत्कालीन चुनावी गठबन्धन स्मरण गर्दै महामन्त्री थापाले भने, ‘त्यो कुरा राखिसकेपछि कि निर्णय गराउनुपर्थ्यो, निर्णय गराउन नसकेपछि मैले चुनाव लड्नुपर्थ्यो । गठबन्धन गर्नुहुन्न पनि भन्ने, गठबन्धन भए पनि चुनाव लड्न जाने गल्ती गरेकै हो ।’

महामन्त्री थापाले आफ्नो कुरा राखे पनि अन्तिममा सभापति शेरबहादुर देउवाले भने भनेर गठबन्धन स्वीकार गर्नु आफ्नो भुल भएको बताए । ‘मैले गल्ती गरेकै हो । मैले त्यो बेलामा आफ्नो कुरा राखेँ । यस्तो हुन्छ भन्ने कुराको अनुमान लगाए,’ उनले भने, ‘तर, अन्तिममा गएर सभापतिले भन्नुभयो, बहुमतले भन्यो भनेर त्यसलाई मानेँ ।’

तत्कालीन समयमा आफूले सम्पूर्ण शक्ति लगाएर लड्नु पर्ने महामन्त्री थापाको भनाइ थियो । ‘मैले मान्न हुन्नथ्यो । म घुँडा धसेर बस्नुपर्थ्यो । म लड्नु पर्थ्यो । मैले अस्वीकार गर्नुपर्थ्यो । मैले निर्णय गर्न दिन हुन्नथ्यो,’ उनले भने, ‘मेरो सम्पूर्ण ताकतबल लगाउनुपर्थ्यो । तर, मैले आफ्नो कुरा राखेँ । भएन त भएन, मैले मान्नु पर्छ भनेर मानेँ ।’

थापाले निर्वाचन अगाडि गर्ने गठबन्धनले काँग्रेसको समर्थकहरूको पार्टीसँगको ‘लोयलिटीर्’  समाप्त गर्ने कुरा राखेको पनि स्मरण गरे । ‘निर्वाचन अगाडि गर्ने गठबन्धन, त्यो पनि माओवादीसँग गर्ने गठबन्धनले हाम्रो पार्टीको तलका समर्थकहरूको जुन लोयलिटी छ पार्टीसँगको त्यसलाई समाप्त गर्छ,’ उनले भने ।

महामन्त्री थापाले आफ्ना मतदातालाई काँग्रेसले नचिन्ने गरेको पनि बताए । ‘पार्टी भनेको हामीहरू मेम्बरमात्र हुँदै होइनौँ । हामी चिन्दै चिन्दैनौँ हाम्रा पार्टीको मेम्बर्सहरू,’ उनले भने, ‘ती कहिले पनि पार्टीको झण्डा पनि बोक्दैनन्, लेबी पनि तिर्दैनन्, ती लाखौँको संख्यामा छन् । तिनको लागि पार्टी भनेको कस्तो छ भने चार वर्ष, ३६४ दिन गाली गरे पनि अन्तिममा गएर रूखमा ढ्याप-ढ्याप भोट हाल्छन् । त्यो लोयलिटी छ । जेनरेशनल छ त्यो फेरि ।’