२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चितवन मेडिकल कलेजमा रोबर्टिक शल्यक्रिया सुरु

अ+ अ-

काठमाडौँ । भरतपुरमा रहेको चितवन मेडिकल कलेजले रोबर्टबाट शल्यक्रिया गर्ने उपचार सेवाको शुभारम्भ गरेको छ ।

अस्पतालले सेप्टेम्बर महिनादेखि थालेको रोबर्टिक शल्यक्रिया सेवा अहिलेसम्म १४ जनालाई दिएको जनाएको छ ।

अस्पतालले आज पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार नेपालका अस्पतालहरूमध्ये अत्याधुनिक प्रविधिको रोबर्टबाट गरिने यो शल्यक्रिया नेपालमै पहिलो हो । यद्यपि यसअघि काठमाडौँको बीएण्डबी अस्पतालले रोबर्टबाट शल्यक्रिया उपचार सेवा भने यसअघि नै दिइसकेको छ ।

विशेष गरी जटिल रोगहरू जस्तै युरो सर्जरी, क्यान्सर, स्त्री तथा प्रसूति रोग सँग सम्बन्धित शल्यक्रिया लगायतमा यो पद्धतिबाट उपचार भइरहेको अस्पतालका प्रोफेसर डाक्टर दयाराम लम्सालले जानकारी दिए ।

चितवन मेडिकल कलेजमा रोबटिक सर्जरीको प्रशिक्षक समेत रहेका न्युरो सर्जन डाक्टर प्रतिकमान सिंह गुरुङ जिआइ सर्जन डाक्टर विशाल आचार्य, रोहितकुमार मिश्र लगायतका डाक्टरहरू रोबटिक पद्धतिबाट उपचारमा संलग्न रहेका अस्पतालले जनाएको छ ।

रोबटिक शल्यक्रिया चिरेर गरिने र दुरविनको प्रविधिबाट गरिने शल्यक्रियामा चिकित्सकले नभई रोबर्टले नै सबै शल्यक्रिया गर्ने पद्धति हो । जसमा चिकित्सकले दिएको निर्देशन अनुसार शल्यक्रिया गरिने रोबटिक तथा न्युरो सर्जन डा. प्रतिकमान सिंह गुरुङले जानकारी दिए ।

उनका अनुसार अमेरिकाबाट सुरु भएको यो प्रविधि अहिले विश्वभर फैलिएको र उपचारमा भरपर्दो पद्धतिको रूपमा लिइन्छ । सामान्यतया यो प्रविधिबाट उपचार गरेको बिरामीले शल्यक्रियाको भोलिपल्ट नै अस्पतालबाट डिस्चार्ज हुन सक्ने पनि उनको भनाइ छ ।

यो शल्यक्रिया सानो प्वाल बनाइ गर्न सकिने, शल्यक्रियाका क्रममा रक्तस्राव कम हुने, कम पीडा र छिटो निको हुने, संक्रमणको सम्भावना पनि कम हुने लगायतका कारणले सफलता दर बढी रहेको डाक्टरहरूको दाबी छ ।

१४ वटा शल्यक्रियामा जटिल प्रकारका ८ वटा मिर्गौला र प्रोष्टेटको रहेको र अन्य बाँकी रहेको डाक्टर गुरुङले जानकारी दिए । हालसम्म चितवन मेडिकल कलेजमा गरिएका शल्यक्रियामा ५० हजारदेखि दुई लाखसम्म शुल्कमा रोबटिक शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । सोही प्रकारको सेवा लिन भारतमा आठ लाखसम्म भारतीय रुपैयाँ लाग्ने डा.गुरुङले बताए ।

चितवन मेडिकल कलेजले ल्याएको रोबटिक उपचार पद्धति चीनले आविष्कार गरेको काइक्रोपोटट टुमाई हो । यो नेपालकै अत्याधुनिक उपचार पद्धतिको रोबर्ट रहेको अस्पतालले जनाएको छ ।

यसैगरि अस्पतालले भोलि रोबटिक सर्जरी कन्फ्रेन्सको पनि आयोजना गरेको छ । जसमा भारतका वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. प्रियंका भात्रा, डा. वीरेन्द्र भगत लगायत नेपालभरबाट दुई सय जनाको हाराहारीमा डाक्टर तथा नर्सहरूको सहभागिता रहने जनाइएको छ ।