काठमाडौँ। नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले सुशीला कार्की नेतृत्वको सरकारले असंवैधानिक गतिविधि गरिरहेको आरोप लगाएका छन्।
स्थानीय तहका जनप्रतिनिधिको भूमिका विषयक अन्तरक्रिया बोल्दै सरकारबाट हुने अवैधानिक कामको प्रतिवाद गर्ने बताए।
उनले भने, ‘यो सरकार कुरा चुनावको गर्ने तर सबै गतिविधिहरू संविधान विपरीत हुने, पार्टी र पार्टीका नेताहरूलाई अपमान गर्ने, पार्टी नेतृत्व (केपी ओली) लाई स्थान हद तोक्ने, पासपोट रोक्का गर्ने, त्यसको हामी कडा प्रतिवाद गर्छौँ।’
असंवैधानिक हुने काम सडक र कानूनी रूपमा पनि लड्ने बताएका छन्।







