२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जुम्लामा आठ सय ४९ मतदाता थपिए

अ+ अ-

जुम्ला । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि जुम्लामा ८४९ नयाँ मतदाता थपिएका छन् । 

जिल्ला निर्वाचन कार्यालयका निमित्त कार्यालय प्रमुख नारायणी आचार्यका अनुसार मतदाता नामावलीमा नाम दर्ता गराउनेमध्ये ५० प्रतिशत हाराहारीमा युवापुस्ता रहेका छन् ।

 मतदाता नामावलीमा नाम दर्ता गर्नेको सङ्ख्या आयोगले आजसम्म समय तोकेको छ । अहिले अनलाइनबाट आफ्नो मतदाता बनाउन सकिने व्यवस्था गरेकाले जिल्लामा बिहीबारसम्म ८४९ मतदाता थपिएका छन् । जसमध्ये महिला ३७३ र पुरुष ४७६ रहेका छन् । बाहिरी जिल्लाका ९७ जनाले जिल्लाबाट नयाँ मतदाताका रूपमा नाम दर्ता गरेका छन् । 

जिल्लामा नयाँ मतदाता थपिनुअघिको कुल मतदाता सङ्ख्या ६७ हजार ७३६ रहेको छ । जसमा पुरुष ३५ हजार २७५ र महिला ३२ हजार ४६१ रहेका छन् । हिमा गाउँपालिका–१ र पातारासी गाउँपालिका–७ मा एक–एक मतदान केन्द्र थप र तिला गाउँपालिका–९ मा एक मतदान केन्द्रको ठाउँ सार्नका लागि केन्द्रिय निर्वाचन आयोगमा सिफारिस गरिएको निमित्त प्रमुख आचार्यले जानकारी दिए।

एक नगरपालिकासहित सात गाउँपालिका गरी आठ स्थानीय तह रहेको जिल्लामा जिल्लाभरि ७९ मतदानस्थल र १०२ मतदान केन्द्र स्थानीय तहको निर्वाचनमा कायम गरिएको छ । निर्वाचन कार्यालयले असोजदेखि मतदाता नामावली संकलन गर्दै आएको छ । 

मतदाता नामावली संकलनको म्याद कात्तिक मसान्तसम्म रहे पनि निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता तथा अद्यावधिक कार्यमा देखिएको उत्साहजनक सहभागितालाई मध्यनजर गरी मतदाता नामावलीमा नाम दर्ता गर्ने म्याद बढाएर आजसम्मका लागि थप गरेको छ ।