२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अफगान शरणार्थी फिर्तीले आर्थिक दबाब तीव्र

अ+ अ-

काठमाडौँ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) ले अफगान जनताको आर्थिक अवस्था तथा निर्वासित आप्रवासीहरूबारे विस्तृत प्रतिवेदन सार्वजनिक गर्दै छिमेकी राष्ट्रबाट २३ लाख अफगान एकै पटक फर्किनुले अफगानिस्तानको पुनर्निर्माण प्रयासमा गम्भीर दबाब परेको बताएको छ ।

अफगानिस्तानका लागि युएनडिपीका प्रतिनिधि स्टिफन रोड्रिक्सले वर्तमान आर्थिक झट्का, आवधिक प्राकृतिक प्रकोप र व्यापक फिर्तीबीचको सम्बन्धलाई उल्लेख गर्दै दीर्घकालीन, समन्वित र समुदाय-केन्द्रित समाधान अत्यावश्यक रहेको बताए । उनले भने, “फर्कनेहरूको ठूलो सङ्ख्या अहिलेको आर्थिक अस्थिरता र प्रकोपको प्रभावसँग जोडिँदा हामीलाई स्थानीय स्तरमै जरा गाडिएका तर पर्याप्त परिमाणका समाधान अपरिहार्य हुन्छन् ।”

टोलो न्युजका अनुसार युएनडिपीका कार्यकारी निर्देशक तथा न्युयोर्कस्थित क्राइसिस ब्युरोका प्रमुख सोको नोडाले महिलालाई केन्द्रमा राखेर काम गर्नु अति आवश्यक भएकोमा विशेष जोड दिए । उनले भने, “हिजो भेटिएका ती बहिनीहरूले जीवन पुनः सुरु गर्ने दृढता देखाए । । तर परिवार र समुदाय दुवै तहमा उनीहरूले व्यहोर्नुपरेका चुनौतीहरू पनि निकै पीडादायी छन् । जबरजस्ती विस्थापनका कारण तत्काल मानवीय राहतभन्दा पर, दीर्घकालीन लचिलोपन, जीविकोपार्जनको पुनः स्थापना र आधारभूत आवश्यकताहरू सुनिश्चित गर्नु अत्यन्तै जरुरी हुन्छ ।”

यसैबीच, अफगानिस्तानका लागि यूरोपेली संघ प्रतिनिधिमण्डलका सहयोग विभाग प्रमुख एरिक ब्युमोन्टले मुलुकका ‘वास्तविक अधिकारी’ हरूले तयार गरिरहेको राष्ट्रिय विकास योजना अन्तर्राष्ट्रिय साझेदारहरूका लागि पनि मार्गदर्शक दस्तावेज बन्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा उपस्थित जापानी राजदूतले पनि अफगान जनतालाई, विशेषतः जबरजस्ती फिर्ता गरिएका वा स्वेच्छाले फर्किएका आप्रवासीहरूलाई निरन्तर सहयोग पुर्‍याउनेमा जापान प्रतिबद्ध रहेको बताए ।

यसैबीच पझवोक समाचार एजेन्सीका अनुसार केवल एक दिनमै इरान र पाकिस्तानबाट १० हजार ४०५ अफगान नागरिक देश फर्किएका छन् । युएन शरणार्थी एजेन्सी (युएनएचसिआर) ले ती देशहरूबाट फिर्ता हुनेहरूको तीव्रताको तुलनामा मानवीय सहायता घट्दै गएकोप्रति गम्भीर चिन्ता व्यक्त गरिसकेको छ ।