२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको सार्थकता

अ+ अ-

हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म अर्थात् यही मंसिर ९ गते देखि २४ गतेसम्म अन्तराष्ट्रिय अभियानका रूपमा विभिन्न कार्यक्रम गरी लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान विश्वभर मनाइदैछ । नेपालमा पनि २०७५ सालदेखि सरकारी तथा गैर सरकारी तरिकाले निरन्तर यो अभियान मनाउँदै आइएको छ । यस वर्ष पनि यो अभियान राष्ट्रव्यापी रूपमा मनाइदैछ । यस वर्ष “प्रविधिको सही प्रयोग गरौँ लैङ्गिक हिंसा अन्त्य गरौँ” भन्ने नाराका साथ यो अभियान मनाउन लागिएको हो ।

कुनै पनि व्यक्तिलाई महिला, पुरुष वा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक भएकै कारणले गरिने शारीरिक, मानसिक वा यौनिक अल्पसङ्ख्यक भएकै कारणले गरिने शारीरिक, मानसिक वा यौनिक रूपले दिइने पीडा वा गरिने काम र व्यवहारहरू नै लैङ्गिक हिंसा हो । यसले कार्य स्थलमा हुने यौन जन्य दुर्व्यवहार, सामाजिक कुरीति जन्य व्यवहार लगायत लैङ्गिक आधारमा हुने हिंसा समेतलाई बुझाउँछ ।स्रोत, साधन, अवसर, जिम्मेवारी तथा हक, अधिकारको असमान वितरण, सानो उमेरमा वा बालविवाह, महिलालाई घरमा मात्र सीमित राख्नु, महिलाको कामको मूल्याङ्कन नगरिनु जस्ता लिङ्गको आधारमा हुने हिंसाहरू यस अन्तर्गत पर्दछ ।

लैङ्गिक समानता कायम गर्न तथा लैङ्गिक हिंसा अन्त्य गर्ने सम्बन्धमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐन, २०७१ अनुसार “लैङ्गिक हिंसा” भन्नाले सार्वजनिक वा निजी जीवनमा लैङ्गिक आधारमा कसै प्रति शारीरिक, यौनजन्य वा मानसिक क्षति वा पीडा पुर्‍याउने कार्य सम्झनु पर्छ र सो शब्दले लैङ्गिक आधारमा हुने वा हुन सक्ने कुनै पनि प्रकारको अपमानजन्य, पीडाजन्य वा धम्कीपूर्ण व्यवहार, दबाब, करकाप वा स्वेच्छाचारी रूपमा महिलालाई स्वतन्त्रताको उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समेतलाई जनाउँछ ।” यी र यस्तै प्रकृतिका हिंसालाई कम गर्ने उद्देश्यले हरेक वर्ष नेभेम्वर २५ अन्तराष्ट्रिय महिला हिंसा अन्त्य दिवसको दिन देखि १० डिसेम्बर अन्तराष्ट्रिय मानव अधिकार दिवसको दिनसम्म १६ दिन यो अभियान विश्वभरि तथा नेपालमा समेत मनाइन्छ ।

१६ दिने अभियान महिलामाथि हुने हिंसालाई मानव अधिकारको गम्भीर उलङ्घन भएको र महिलाको अधिकार मानव अधिकार हो भन्ने विषयलाई जानकारी गराउन, सम्बोधन गर्न र यस विषयमा व्यापक छलफल गर्नको लागि थालनी गरिएको अभियान हो । यो अभियानको थालनी सन् १९९१मा वुमन्स ग्लोबल लिडरसिप इन्सिट्युटमा सहभागी भएका महिला अधिकारकर्मीहरूद्वारा भएको हो । नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म जम्मा १६ दिनसम्म चल्ने यो अभियानलाई संयुक्त राष्ट्र सङ्घले मान्यता प्रदान गरिसके पश्चात् थप विश्वव्यापी भएको हो ।

सन् १९६० मा डोमिनिकन गणतन्त्रका मिरावेल परिवारका ३ जना दिदी बहिनीलाई तत्कालीन त्रुजिलो तानाशाही सरकारले निर्मम हत्या गरेको थियो । यो हत्यालाई लिङ्गका आधारमा हुने राजनीतिक हिंसाको रूपमा लिने गरिन्छ । एकै परिवारका तीन जना दिदी बहिनी पेट्रिया, मिनर्भा र मारियाको हत्यालाई महिला विरुद्धको हिंसाको रूपमा लिएर उनीहरूको सम्मान र सम्झनाका लागि लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान मनाउन थालिएको हो ।

यो अभियानले लैङ्गिक हिंसाका घटना समाजमा नहुन र कोही पनि यस्तो हिंसामा नपरोस् भन्ने मान्यता राख्दछ । यदि कोही हिंसामा परिहालेमा स्थानीय तहको न्यायिक समिति, नजिकको प्रहरी कार्यालय, राष्ट्रिय महिला आयोग वा मानव अधिकारसँग काम गर्ने सङ्घ संस्थाहरूमा उजुरी दिएर न्याय प्राप्तिको लागि आवश्यक सहयोग गर्ने उद्देश्यले यो अभियान मनाउन लागिएको हो ।

यस अभियानले घरपरिवार, स्थानीय तहदेखि प्रदेश, सङ्घ हुँदै अन्तराष्ट्रियस्तरसम्म महिलाका अधिकार मानव अधिकार हुन भन्ने कुराको जानकारी गराउने, स्थानीय स्तरमा महिलाहरूले भोगेका समस्याहरू विरुद्ध आवाज उठाउने र महिलाले गरेका उत्कृष्ट कार्यहरूको बारेमा प्रचार प्रसार गर्न, लैङ्गिक हिंसा विरुद्ध विश्वभर एकजुट भएर आवाज उठाउन, लैङ्गिक हिंसा अन्त्य गर्नको लागि विश्व समुदायसँग ऐक्यबद्धता जायर गर्न, महिलामाथि भइरहेका विभेद, हिंसा र शोषण अन्त्यका लागि सरकार र सम्बन्धित सरोकारवालहरूको ध्यानाकर्षण गर्न, लैङ्गिक हिंसा कहीँ कतै नहोस् भनेर प्रतिबद्धता व्यक्त गर्दछ । यस अभियान भर सेतो रिबन लगाएर म हिंसा गर्दिन, म हिंसा सहन्न र हिंसा भएको देखेमा प्रतिकार गर्दछु भन्ने सन्देश प्रवाह गरिन्छ ।

लैङ्गिक हिंसा मानव जीवनचक्रको हरेक तह र शृङ्खलामा हुन्छ जस्तो कि गर्भावस्था, शिशु अवस्था, बाल्यावस्था, किशोर अवस्था, प्रसूतिको अवस्थामा, लैङ्गिकतामा आधारित हिंसा, घरेलु हिंसा, बाल विवाह, यौनजन्य हिंसा, मानव बेचबिखन सम्बन्धी घटनाहरू पर्दछन् । यस प्रकारका हिंसा समाजको बनावट संस्कृति र सामाजिक विकासको पृष्ठभूमिले फरक फरक स्वरूप र मात्रामा देखा पर्दछन् । यसका स्वरूपहरू फरक फरक भए पनि यसले व्यक्तिको समानता र सर्वपक्षीय विकासलाई असर पुर्‍याउँदछ ।

समाजमा कुनै किसिमका हिंसा हुन नदिनको लागि स्थानीय तह, प्रदेश सरकार र केन्द्र सरकारले आ-आफ्ना कार्यक्रमहरू तय गर्नु आवश्यक देखिन्छ । समुदायमा क्रियाशील महिला समूह, सहकारी, किशोरी समूह, बाल क्लब, युवाक्लव, आमासमुहहरु सक्रिय भएर चेतना फैलाउनु आवश्यक छ । समाजमा हिंसाका घटना नघटुन् भनेर परिवार र समाजमा मेलमिलापको वातावरण निर्माण गर्नु आवश्यक छ । यदि कहीँ कतै गाउँ टोलमा हिंसाका घटना भएमा उजुरी गर्नु आवश्यक छ । हिंसाका घटनामा मौन बस्ने होइन उजुरी गर्नु पर्दछ । समाजमा पिडकलाई सजाय र पीडितलाई न्यायको साथ पुनर्स्थापना जरुरी छ ।

सन् २०२५ अर्थात् यस वर्ष विश्वभरि युनिटि टु इन्ड डिजिटल भ्वाइलेन्स अगेनिस्ट अल विमिन एन्ड गर्ल अन्तराष्ट्रिय नारा र प्रविधिको सही प्रयोग गरौँ लैङ्गिक हिंसा अन्त्य गरौँ भन्ने नारा सहित मनाइदै छ । जेन्जि आन्दोलनले चाहेको नयाँ परिवर्तन मूलक समाज र प्रविधिको उच्चतम प्रयोग भइ रहेको अवस्थामा लैङ्गिक हिंसाको माध्यम प्रविधि हुनसक्छ । फेसबुक, टिकटक, इन्स्टाग्राम, स्यापच्याट लगायतका सामाजिक सञ्जालहरूमा कुराकानी मार्फत लैङ्गिक हिंसा हुने गरेका धेरै उदाहरण छन्। यस्ता प्राविधिक प्लेटफर्म मार्फत हिंसा भइरहेको छ ।अतः यसको सही प्रयोग गर्नु नै हिंसाबाट बच्नु हो । प्रविधिको प्रयोगबाट हामीले हाम्रो काम सजिलोसँग सम्पन्न गर्न सक्दछौँ, अतः यसको प्रयोगमा लैङ्गिक मैत्री व्यवहार कायम राख्नु लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको सार्थकता हुनेछ ।